ढिलो-चाँडो नेपालको हालत श्रीलंकाकै हुने, नारायणकाजी श्रेष्ठले गरे ठोकुवा !

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपालको हालत पनि श्रीलंका जस्तै हुने दावी गरेका छन्। आइतबार सामाजिक संजाल मार्फत श्रेष्ठले ढिलो वा चाँडो नेपालको हालत पनि श्रीलंका जस्तै हुने बताएका हुन्।

सामाजिक संजाल मार्फत श्रेष्ठले समयमै यथास्थिति तोड्ने सकारात्मक धक्कायुक्त हस्तक्षेपको निम्ति सामुहिक एवं संगठित प्रयत्न नभए नेपालको हालत पनि श्रीलंका जस्तै हुने बताए।

स्वार्थी राजनीतिको बोलवाला, कुशासन ,भ्रष्टाचार, अपारदर्शिता, आसेपासे एवं दलालिकृत सत्ता,समस्या समाधानप्रतिको गैर जिम्मेवार प्रवृत्ति र तदर्थवादले नेपालीलाई श्रीलंकाको हालतमा पुर्याउने श्रेष्ठको भनाई छ।

“‘हामी अहिले नै श्रीलंकाको अवस्थामा पुगिसकेका छैनौं, यो सहि नै हो । तर तितो र नाङ्गो सत्य यो पनि हो कि निष्ठा, विचार-सिध्दान्त एवं मुल्यविहीन भ्रष्ट- स्वार्थी राजनीतिको बोलवाला, कुशासन ,भ्रष्टाचार, अपारदर्शिता, आसेपासे एवं दलालिकृत सत्ता,समस्या समाधानप्रतिको गैर जिम्मेवार प्रवृत्ति र तदर्थवादले ढिलो वा चाँडो,एउटा वा अर्को रुपमा पुर्‍याउने त्यतै हो ।”,श्रेष्ठले लेखेका छन्।

प्रकाशित : आइतबार, असार २६, २०७९१८:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कांग्रेस नेताको माग – ‘प्रदेश र धर्मनिरपेक्षता खारेज गरौँ’