बजारमा किनमेल गर्दै थिइन् महिला, घाँटीबाटै सुन थुतेर भागे २० वर्षीय नीरज !

काठमाडौँ – घाँटीबाट सुनको सिक्री थुतेर भागेका एक व्यक्तिलाई पक्राउ गरेको छ। घाँटीमा लगाएको सुनको सिक्री थुती भागेको आरोपमा एक व्यक्ति पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा बारा जितपुर नगरपालिका ९ बस्ने २० वर्षीय नीरज राय रहेका छन्। रायलाई ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

रायले शुक्रबार बेलुका धुलाबारी बजारमा किनमेल गरिरहेकी धुलाबारी नगरपालिका ९ बस्ने ५० बर्षीया गिता अधिकारीले घाटीमा लगाएको डेढ तोलाको सुनको सिक्री थुतेर भागेका थिए।

सो सम्बन्धमा जानकारी आएसँगै प्रहरीले उनको खोजि शुरु गरेको थियो। रायलाई केहि समयमै पक्राउ गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेका रायलाई ईलाका प्रहरी कार्यालय धुलाबारीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित : शनिबार, असार २५, २०७९१५:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

फेसबुकबाट ५२ वर्षिय पुरुषलाई ‘माया जाल’मा पारेर लाखौं झ्वाम् पारेपछि …