फेसबुकबाट ५२ वर्षिय पुरुषलाई ‘माया जाल’मा पारेर लाखौं झ्वाम् पारेपछि …

काठमाडौँ – सामाजिक संजाल मार्फत ‘माया जाल’मा पारेर लाखौं ठगेको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ। फेसबुक मार्फत प्रेमको नाटक गरेर लाखौं ठगेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गैंडाकोट नगरपालिका ११ की २६ बर्षीया सम्भावी पौडेल रहेकी छन्। पौडेललाई चितवन प्रहरीले एक साता अगाडी पक्राउ गरेको हो। पक्राउ परेकी पौडेलले भरतपुर महानगरपालिका १ का ५२ वर्षीय पुरुषलाई ठगेको बताइएको छ।

प्रहरीले दिएको जानकारी अनुसार चितवनका ती पुरुषलाई युवतीले वास्तविक नाम लुकाएर फेसबुकमार्फ आकर्षित गरेकी थिइन्। युवतीले दुई वटा फेसबुक आइडी बनाएर पुरुषलाई आकर्षक तस्बिरहरु पठाउने गरेको अनुसन्धानका खुलेको छ। युवतीले ती पुरुषसँग पहिलो किस्तामै ८ लाख लिएकी थिइन्।

पछि अर्को आइडी बनाएर ती पुरुषसँग पुनः पैसा मागेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ती युवतीले हरेकपटक भेट्दा पुरुषबाट नगद लिएको पाइएको छ।

पिडित पुरुषले युवतीलाई झन्डै २७ लाख पैसा दिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। पटक-पटक ठगिएपछि पिडित पुरुषले गत वर्ष प्रहरीमा उजुरी दिएका थिए।

पौडेलले अन्य युवतीहरुलाई पनि ठगेको हुन सक्ने प्रहरीको अनुमान छ। जिल्ला अदालतबाट म्याद थप गर्दै युवतीमाथि आवश्यक अनुसन्धान थालिएको छ।

प्रकाशित : आइतबार, असार २६, २०७९०१:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

काठमाडौँ उपत्यकामै नक्कली नोटको बिगबिगी, नक्कली नोटसहित एक पक्राउ !