माधव नेपालले भने – ‘मलाई प्रधानमन्त्री पदको लोभ छैन’

काठमाडौँ – नेकपा (एकीकृत समावादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँग सहकार्य गर्ने आफूहरुको कुनै योजना नरहेको बताएका छन्। शनिबार बुटवलमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेक्रममा नेपालले एमालेसँग सहकार्य गर्ने आफूहरु योजना नरहेको बताएका हुन्।

समाजवादी प्रेस संगठनले बुटवलमा गरेको पत्रकार भेटघाटका क्रममा एमालेसँग सहकार्य गर्ने ढोका बन्द रहेको बताए। एमालेले बन्द गरेको सहकार्यको ढोका अझ बन्द नै रहेका कारण सहकार्य हुने कम सम्भावना रहेको नेपालको भनाई छ।

“एमालेले सहकार्यको ढोका खोलेकै छैन,अनि कहांबाट बन्द हुनु ? हामीले गरेको विद्रोहको औचित्य पुष्टि भएको छ । हामीले उठाएका इस्युहरू ज्युंदै छन् ।”,नेपालले भने।

यस्तै नेपालले पदका लागि आफूले मरिहत्ते नगर्ने पनि बताएका छन्। नेपालले गठबन्धन सरकार बनाउने बेलामा आलोपालोमा आफूलाई प्रधानमन्त्री बनाउने सहमति भएको संकेत गरेपनि नेपालले आफू प्रधानमन्त्री बन्न कसै समक्ष नजाने बताए।

उनले भने,”कसैलाई प्रधानमन्त्री बन्छु भनेर भन्न जान्नँ, पदको लोभ पनि छैन । अहिले सरकारमा कसरी जाने भन्ने भन्दा निर्वाचनमा कसरी जाने भन्ने तयारी आवश्यक छ।”

स्थानीय तह निर्वाचनमा मतपत्रका कारण धेरै मत बदर भए पनि समाजवादीले ९ लाख २७ हजार मत प्राप्त गरेको नेपालको दावी छ। आउँदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन हुन नसक्ने क्षेत्रमा समाजवादी एक्लै चुनाव लड्ने माधव नेपालले बताए।

प्रकाशित : शनिबार, असार २५, २०७९१४:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रधानमन्त्रीमा गगन थापाको दावेदारी, विश्वप्रकाशको समर्थन !