एक नेकपाबाट चार नेकपा !

काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन हुँदै चार समूहमा बाँडिएको छ । एक नेकपाबाट चार नेकपा भएको छ । यी पार्टीबीच एकीकरण नहुने हो भने आउने दिनमा अझै विभाजन हुँदै जानेछ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

नेकपा एमाले र नेकपा माओ वादी केन्द्रबीच एकीकरण भई नेकपाको घोषणा भएको थियो । ३ जेठ २०७५ मा नेकपा घोषणा भएको थियो । तर, यो एकता लामो समय टिक्न सकेन । पार्टीका शीर्ष नेताहरूको विवादबीच २३ फागुन २०७७ मा सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी पुनस्र्थापित भए ।

एमाले र माओवादी पुनस्र्थापित भए पनि यो दुई पार्टी विभाजनको क्रम रोकिएन । माओ वादीका कतिपय नेता एमालेमा प्रवेश गरे भने एमालेका केही ने ता माओवादीमा प्रवेश गरे । केपी शर्मा ओली, माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, वामदेव गौतमसहितका शीर्ष नेताहरूका बीचको विवादका कारण नेकपा अहिले चार समूहमा विभाजित भएको छ ।

एमालेबाट विद्रोह गर्दै माधव नेपाल र झलनाथ खनालले ने कपा एकीकृत समाजवादी पार्टी गठन गरिसकेका छन् । एमाले बाट विभाजन भएर गठन भएको एकीकृत समाजवादीले ९ भदौ २०७८ मा निर्वाचन आयोगबाट दलको मान्यता पाएको थियो । एमालेका पूर्वउपाध्यक्ष रहेका वामदेव गौतमले मंगलबार नयाँ पार्टीको घोषणा गरेका छन् ।

नेकपा विभाजन भएपछि एमाले उपाध्यक्ष पदबाट राजीनामा दिएका गौतम नेकपालाई पुन पुर्नस्थापित गर्ने अभियानमा थिए । पूर्वउपप्रधानमन्त्री समेत रहेका राष्ट्रिय सभाका सदस्य गौतमले आफ्नो पार्टीको नाम नै ‘नेकपा राष्ट्रिय एकता पार्टी’ राखे का छन् । गौतम संयोजक रहेको पार्टी कस्तो ? ‘नेकपा राष्ट्रिय एकता पार्टी’को संयोजक गौतम आफंै रहे का छन् ।

पार्टीको केन्द्रीय कमिटी ७५ सदस्य, १५ सदस्यबाट नबढ्ने गरी स्थायी कमिटी रहने केन्द्रीय सदस्य एवं प्रवक्ता निमकान्त पाण्डेले बताए । यस्तै, अहिले आठ सदस्यीय सचिवालयको समेत घो षणा गरिएको छ । पार्टी समन्वय समितिका रूपमा रहँदासम्म केन्द्रीय सचिवालयमा आठ सदस्य रहने छन् ।

पार्टीको संयोजकमा वामदे व गौतम, सचिवमा डीबी कार्की र सदस्यहरूमा ओमशर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहेका छन् । पार्टीले संयोजक र सचिवबाहेक सबै जना सदस्यको रूपमा छन् । पछिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादीको पक्षमा गीत लेखेर खुलेका गौतमले हालै राष्ट्रिय भेला आयोजना गरेका थिए ।

गत शनिबार राष्ट्रिय भेला गरेर कम्युनिस्ट पार्टीका बीचमा एकीकरणका लागि दबाब दिने निष्कर्षसहित नयाँ पार्टीको घोषणा गर्ने निर्णय सो भेलाले गरेको थियो । प्रवक्ता पाण्डेका अनुसार ‘नेकपा राष्ट्रिय एकता पार्टी’ बहुपदीय प्रणाली रहनेछ । के न्द्रीय कार्यसमितिमा एक अध्यक्ष, प्रत्येक प्रदेशको इन्चार्जको जिम्मे वारी वहन गर्नेगरी सात उपाध्यक्ष, संगठनात्मक जिम्मेवारी पूरा गर्नेगरी एक महासचिव, एक उपमहासचिव, एक कोषाध्यक्ष र एक सचिव रहनेगरी व्यवस्था गरि एको छ ।

प्रकाशित : बुधबार, असार १५, २०७९०८:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अब शेखर चुप लागेर नबस्ने, देउवा विरुद्ध एक्सनमा उत्रिने !