अब शेखर चुप लागेर नबस्ने, देउवा विरुद्ध एक्सनमा उत्रिने !

काठमाडौं । महाधिवेशन सकिएको ६ महिना बितेलगत्तै नेपाली कांग्रेसभित्रको डा. शेखर कोइराला नेतृत्वको समूह सभापति शेरबहादुर देउवाविरुद्ध उत्रने तयरीमा जुटेको छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

अघिल्लो कर्यकालमा जस्तै महाधिवेशन सम्पन्न भएको ६ महिना बित्दासमेत सभापति देउवा विधि र विधानअनुसार नचलेको भन्दै कोइराला समूह उनीविरुद्धको अघि बढ्ने भएको हो ।

‘महाधिवेशन सम्पन्न भएको ६ महिना बित्यो, महाधिवेशनबाट उहाँलाई नेता चुनियो तर पार्टीको नीति महाधिवेशनमा उहाँको चासो देखिएन, फेरि पनि विधि र विधान उल्लंघन सुरु भएकाले हामी रणनीति बनाउनेगरी अघि बढ्न बाध्य हुने अवस्थामा पुग्यौं,’ कोइराला समूहबाट पदाधिकारी रहेका एक नेताले भने ।

पछिल्लो समय पार्टीको नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठान, नेपाल किसान संघ र आदिवासी जनजाति संघको नेतृत्वमासमेत आफू निकटकै नेतालाई नेतृत्व सुम्पिएपछि कोइराला समूह सभापति देउवासँग असन्तुष्ट छ ।

यसैगरी, पार्टी विधानअनुसार विभाग तथा समितिहरू गठन गर्नेतर्फ पनि देउवाले आफ्नो पक्षलाई छलफलमा नै सहभागी नगराएर मनोमानी गर्न खोजेको कोइराला समूहको आरोप छ ।

कोइराला समूहले बिहीबार डा. शेखरको सचिवालयमा आफू निकटका पार्टी पदाधिकारी, केन्द्रीय सदस्य तथ पूर्वपदाधिकारीलाई छलफलका लागि बोलाएको हो ।

‘विधानको कार्यान्वयनका विषयमा नै छलफल गर्छौ, पर्टीको नीति महाधिवेशन, भ्रातृसंगठन, विभाग गठन, केन्द्रीय समिति बैठक अह्वानलगायतका विषयमा छलफल हुन्छ,’ ती पदाधिकरीले राजधानीसँग भने ।

प्रकाशित : बिहिबार, असार १६, २०७९०६:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चेपुवामा देउवा, वामपन्थी दलहरूबीच गठबन्धन हुने डरले झनै तनाव !