एक्लै चुनाव लड्ने तयारीमा नेकपा एस, गठवन्धनबाट आउट ?

काठमाडौँ – एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेता तथा कार्यकर्ताले कुनै दलसँग गठबन्धन नगरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जान नेतृत्वलाई दबाब दिएका छन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

अहिले सत्ता गठबन्धनमा रहेका कांग्रेस र माओवादीले नेकपा एसलाई हेपेका कारण अबको निर्वाचनमा गठबन्धन नगरी एक्लै जनतामाझ जान राष्ट्रिय प्रतिनिधि परिषद्मा सहभागी नेता तथा कार्यकर्ताले नेतृत्वलाई दबाब दिएका हुन्।

नेकपा एस पनि सत्ता गठबन्धनमा छ। नेकपा एसको दुई दिनसम्म काठमाडौंमा चलेको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा सहभागी अधिकतरले कांगे्रस र माओवादीको हेपाहा प्रवृत्तिले आफूहरूको शिर निहुरिएको बताएका थिए।

‘स्थानीय तह निर्वाचनमा अधिकतर स्थानमा कांग्रेस, माओवादीले हाम्रो पार्टी नयाँ भएको भन्दै हेपाहा प्रवृत्ति देखाए, हामीलाई अलमल्याउने काम मात्रै गरे’, परिषद् बैठकमा वाग्मती प्रदेशबाट सहभागीमध्ये प्रतिनिधिले भनेका थिए।

वाग्मती प्रदेशबाट सूर्यचन्द्र न्यौपानेले प्रतिनिधिहरूको समग्र धारणा प्रस्तुत गरेका थिए। प्रतिनिधिहरूले स्थानीय तह निर्वाचनमा समग्र रूपमा कांग्रेस र माओवादी केन्द्रका नेताहरूले नेकपा एसबाट फाइदा लिएको विवरण प्रस्तुत गरेका थिए। उनीहरूले कांग्रेस र माओवादीले जितेका अधिकांश स्थानमा नेकपा एसको सहयोग रहेको दाबी गरेका थिए।

एमालेले करिब १ सय स्थानमा नेकपा एसकै कारण चुनाव हारेको विवरण पनि परिषद्मा प्रस्तुत गरिएको थियो। ‘अब हामी गठबन्धन नगरी एक्लै चुनाव लडौं, कसैको बैसाखी नटेकौं’, कर्णाली प्रदेशका एक नेताले समूहगत छलफलमा भने। कर्णाली प्रदेशका तर्फबाट अमरबहादुर थापाले एक्लै चुनावमा जानुपर्नेसहितको निचोड परिषद् बैठकमा राखेका थिए।

समूहगत छलफलमा एमालेसँगको एकीकरण र गठबन्धनका विषयमा पनि छलफल भएको थियो। एमालेभित्र नेता–कार्यकर्ता असल भए पनि अध्यक्ष केपी ओलीकै कारण तत्काल पार्टी एकीकरण गर्न नहुने तर उनले आफू सच्चिएको र विगतमा भएका कमीकमजोरीप्रति आत्मसमीक्षा गरे एकता र गठबन्धनका लागि नेतृत्वले सोच्नुपर्ने धारणा प्रतिनिधिहरूले राखेका थिए। ‘एमालेका नेता–कार्यकर्तामा ओली प्रवृत्ति हाबी भयो।

प्रकाशित : बुधबार, असार १५, २०७९०८:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एक नेकपाबाट चार नेकपा !