ज्योतिष शास्त्रमा १२ वटा राशिको बारेमा बयान गरिएको छ । यी १२ राशि मध्य केही राशिमा भगवान गणेशको विशेष कृपा हुने मान्यता रहेको छ । भगवान गणेश जुनसुकै शुभ कार्यमा सबै भन्दा पहिले पुजिने देवता हुन् । जुन व्यक्तिको जीवनमा गणेशको कृपा हुन्छ त्यस मानिसको जीवन आनन्दले भरिन्छ। गणपतिको कृपा प्राप्त व्यक्तिलाई जीवनमा कुनै प्रकारको समस्याको सामना गर्नु पर्दैन। जान्नुहोस् कुन राशिका व्यक्तिमा भगवान गणेशको कृपा हुन्छ ।
मेष राशि
ज्योतिष शास्त्रका अनुसार मेष राशिमा भगवान गणेशको विशेष कृपा हुन्छ । यो राशिका मानिस बुद्धिमान हुन्छन् । यी मानिसहरू हरेक कुरामा निपुण हुन्छन्। भगवान गणेशको कृपाले मेष राशिका व्यक्तिहरुलाई आफ्नो काममा सफलता मिल्छ । मेष राशिका व्यक्तिहरूले विधिअनुसार दिनहुँ भगवान गणेशको पूजा गर्नुपर्छ । यी मानिसहरूमा आत्मविश्वासको कमी छैन।
मिथुन राशि
ज्योतिष शास्त्र अनुसार मिथुन राशिमा भगवान गणेश कृपालु रहन्छन् । यस्ता मानिसहरु दिमागका धेरै चलाख हुन्छन् त्यस्तै मिथुन राशिका व्यक्तिहरु शिक्षा क्षेत्रमा बढी सफल हुन्छन् । यी व्यक्तिहरूले दिनहुँ भगवान गणेशको पूजा गर्नुपर्छ। यी मानिसहरु पढाइमा पनि निकै छिटो हुन्छन् । यी मानिसहरूलाई जित्न गाह्रो छ। मिथुन राशिका मानिसहरुको स्वभाव निकै दयालु हुन्छ ।
मकर राशि
ज्योतिष शास्त्र अनुसार मकर राशिका मानिसहरु प्रति भगवान गणेश दयालु रहन्छन् । यी मानिसहरू मेहनती मानिसहरू हुन्। यी मानिसहरूलाई आँखा चिम्लेर विश्वास गर्न सकिन्छ। यस्ता मानिसहरुको दिमाग निकै तेज हुन्छ । यी व्यक्तिहरूले शिक्षाको क्षेत्रमा धेरै नाम कमाउँछन्। मकर राशिका व्यक्तिहरूले दिनहुँ भगवान गणेशको ध्यान गर्नुपर्छ।