जेठ महिनामा बिहान उठेर गर्नुहोस् यस्ता काम, बदलिनेछ जिन्दगी हुनेछ माता लक्ष्मीको कृपा !

धार्मिक मान्यता अनुसार अनुसार वर्षको दोस्रो महिना सुरु भएको छ । हिन्दु धर्ममा जेठ महिनाको विशेष महत्त्व रहेको । सूर्य देवताको आराधना र हनुमानजीको पूजा गर्नका लागि जेठ महिनालाई उत्तम मानिन्छ । यस महिनामा सूर्य देव र राम भक्त हनुमानको पूजा गर्दा विशेष फल प्राप्त हुन्छ । साथै भक्तजनको सबै मनोकामना पूरा हुने मान्यता रहेको छ । धार्मिक मान्यता अनुसार जेठ महिनामा हनुमानले आफ्ना भगवान श्रीरामलाई भेटेको मान्यता छ । यस महिनामा केही विशेष कुरामा ध्यान दिनाले माता लक्ष्मीको विशेष कृपा प्राप्त हुने मान्यता रहेको छ।

जेठ महिना गर्नुहोस् यस्ता काम  

जेठ महिनामा सूर्योदय हुनुअघि नै ओछ्यान छाड्नु पर्ने धार्मिक विश्वास छ । यो महिनामा दिन लामो र रात छोटो हुन्छ। यो महिनामा अनुशासित जीवनशैली अपनाउनुहोस्। यो महिनामा बिहान उठेर माता लक्ष्मीको याद गर्नुहोस् र जन्म दाता-कर्म दाता मातापिता र पितृको आशीर्वाद लिनुहोस्। यसो गर्नाले सकारात्मक ऊर्जाको विकास हुन्छ, व्यक्तिको मन प्रसन्न रहन्छ र व्यक्ति दिनभर सक्रिय रहन्छ, जसले उसलाई आफ्नो लक्ष्य चुम्न मद्दत गर्दछ।

जनावरलाई पनि पिलाउनुहोस्

जेठ महिनामा धेरै गर्मी हुने गर्दछ । यस महिना तातो हावाका कारण जनावरहरूले पानीको अभाव महसुस गर्छन्। यस्तो अवस्थामा पानी नहुँदा निकै हैरान हुन्छन् । यस्तो अवस्थामा यस महिनामा घरबाहिर वा खुला ठाउँमा जनावर तथा चराचुरुङ्गीहरूलाई पिउने पानीको व्यवस्था गर्नुहोस्। यसो गर्नाले ग्रह दोष समाप्त हुन्छ। साथै जसको कुण्डलीमा बुध र शनि अशुभ छन्, उनीहरुले जेष्ठ महिनामा यी कामहरु गर्नु शुभ हुनेछ ।

यस्ता चिजको गर्नुहोस् सेवन

धार्मिक दृष्टिले यो महिनामा दिनमा एक पटकको भोजनलाई उत्तम मानिन्छ । साथै, धेरै भन्दा धेरै पानी पिउनुहोस्। यो महिनामा बेलको सेवन गर्नाले रोगबाट मुक्ति मिल्छ । यो महिनामा दिनमा सुत्न शुभ मानिँदैन। यस महिनामा तिल दान गर्दा अकाल मृत्युबाट बच्न सकिन्छ ।

प्रकाशित : बुधबार, जेठ ०४, २०७९१७:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ३ राशिका मानिस हुन्छन् दुख-पिडाबाट टाढा, यी राशिमा हुन्छ विघ्न:हर्ता गणेशको कृपा दृष्टि