मेष राशि
यस हप्ता अत्यन्त भाग्यशाली महसुस गर्नुहुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ र कार्यक्षेत्रमा पनि सफलता मिल्नेछ । गोप्य धन प्राप्तिको सम्भावना छ तर यात्रा गर्दा सावधानी अपनाउनु होला ।
वृष राशि
यो साता कार्यस्थलमा मान प्रतिष्ठामा वृद्धि हुने संकेत दिइरहेको छ । परिवारसँगको सम्बन्ध घनिष्ठ हुनेछ । शारीरिक दुखाइ हुनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ।
धनु राशि
यो साता जीवनमा प्रेमको प्रभाव रहने संकेत गरिरहेको छ। पुराना समस्या समाधान हुनेछन् र सम्बन्ध सुधार हुनेछ। साताको मध्यमा लाभ हुने हुँदा मन प्रसन्न रहनेछ। प्रेम सम्बन्धी कामका लागि राम्रो समय रहेको छ ।
मीन राशि
यो साता बाल्यकालको कुनै सम्झना वा व्यक्तिले मनलाई खुसीले भर्ने संकेत गरिरहेको छ। आर्थिक अवस्था सामान्य रहनेछ तर घरको सजावट वा मर्मतमा खर्च हुनेछ । स्वास्थ्यसँग सम्बन्धित पुरानो रोगबाट केही राहतको अनुभव गर्नुहुनेछ। परिवारबाट माया र सहानुभूति प्राप्त गर्न पाउँदा खुसी हुनेछ।