यो चन्द्र ग्रहण वर्षको पहिलो चन्द्र ग्रहण हो । आज हुने चन्द्र ग्रहणले केही राशिका व्यक्तिलाई सुनौलो दिन ल्याएको छ । यो ग्रहण वृश्चिक राशिमा लाग्दैछ । यसबाहेक आज वैशाख पूर्णिमा पनि छ । यस ग्रहणलाई नेपालबाट देखिने छैन र यसको ससुतक अवधी नेपालमा मान्य हुने छैन । तर यस ग्रहणको प्रभाव सबै १२ राशिमा पर्नेछ । ज्योतिष शास्त्रका अनुसार यो चन्द्र ग्रहण कुन-कुन राशिको लागि शुभ मानिन्छ ?
मेष राशि
वर्षको पहिलो चन्द्र ग्रहणले मेष राशिका व्यक्तिहरूलाई करियरमा प्रगति हुनेछ। कार्यस्थलमा आफ्नो प्रभाव बढ्नेछ। नयाँ प्रस्तावहरू उपलब्ध हुनेछन्। आम्दानी बढ्नेछ । प्रम सम्बन्ध राम्रो हुनेछ। जीवनमा सुख-समृद्धि बढ्नेछ।
वृष राशि
वृष राशिका लागि यो चन्द्र ग्रहण निकै शुभ मानिन्छ । यस समयमा वृष राशिका व्यक्तिले आफ्नो करियरमा ठूलो अवसर पाउनेछन् जुन उनीहरूको भविष्यको लागि धेरै राम्रो साबित हुनेछ। आम्दानी बढ्नेछ, मान सम्मान बढ्नेछ। व्यक्तित्वको बढ्दो आकर्षणले लोकप्रियता बढाउनेछ। रोकिएको पैसा फिर्ता हुने सम्भावना छ ।
सिंह राशि
सिंह राशिका लागि चन्द्र ग्रहण शुभ रहनेछ । यो पूर्ण चन्द्र ग्रहणले करियरमा सफलता मिल्नेछ । पदोन्नति पाउन सक्छन् साथै काममा ठूलो जिम्मेवारी पाउन सकिनेछ । आफ्नो काम लगनशीलतापूर्वक गरिरहनुहोस्, धेरै फाइदा हुनेछ। संवादको क्रममा आरामसँग कुरा गर्नुहोस्, अनावश्यक विवादले तपाईंलाई समस्यामा पार्न सक्छ।
धनु राशि
चन्द्र ग्रहणले धनु राशिका व्यक्तिहरूलाई सकारात्मक फल दिनेछ। काममा प्रगति हुनेछ, नाफा बढ्नेछ। अहिलेसम्म जुन प्रगतिको प्रतिक्षा थियो, अब उपलब्ध हुनेछ। आर्थिक अवस्था राम्रो रहनेछ । जीवनमा खुशी बढ्नेछ। परिवारमा प्रेम बढ्नेछ।