भोलि चन्द्र ग्रहणको समयमा रगतको रङमा देखिनेछ चन्द्रमा, हेर्नुहोस् चन्द्रमा हेर्ने समय !

भोलि अर्थात् जेठ २ गते सोमबार वर्षको पहिलो चन्द्र ग्रहण लाग्दैछ । यो पूर्ण चन्द्र ग्रहण हो र विश्वका धेरै भागमा देखिनेछ। तर यो खग्रास चन्द्र ग्रहण नेपालमा भने देखिने छैन । वास्तवमा, जब सूर्य, पृथ्वी र चन्द्रमा सबै एक सीधा रेखामा आउँछन्, तब यस्तो अवस्थामा पृथ्वीको छाया चन्द्रमामा पर्ने गर्दछ र चन्द्र  ग्रहण भनिन्छ।

वर्षको पहिलो चन्द्र ग्रहण भारतीय समय अनुसार  जेठ २ गते  सोमबार बिहान ०८ बजेर१२ मिनेटमा सुरु हुनेछ । यो चन्द्र ग्रहण दिउँसो १२ बजेर ३५ मिनेटसम्म रहनेछ । अर्थात् यस चन्द्र ग्रहणको ग्रहण अवधि करिब ५ घण्टाको हुनेछ । तर, नेपालमा नदेखिने भएकाले यसको सुतक अवधि मान्य हुने छैन ।

चन्द्र  ग्रहणको दिन चन्द्रमा रातो रङको देखिनेछ । त्यसैले यसलाई ब्ल-ड मुन भनिन्छ । ग्रहणको समयमा चन्द्रमाको रंगमा हुने परिवर्तनलाई लिएर वैज्ञानिकहरुको विश्वास छ कि यस समयमा सूर्यको किरण पृथ्वी हुँदै चन्द्रमामा पर्छ । त्यसैले ग्रहको छायाका कारण ग्रहणको समयमा चन्द्रमाको रंग परिवर्तन हुन्छ ।

यस अवधिमा चन्द्रमाको रंग रातो तामाको जस्तो देखिन्छ। भोलिको ब्ल:-ड मुन हेर्न चाहनेहरूले नासाको साइट वा ट्वि-टर खातामा गएर यसको लाइभ स्ट्रिम हेर्न सक्नुहुन्छ।

वृश्चिक राशिमा लाग्दैछ चन्द्र ग्रहण
चन्द्र ग्रहण एक खगोलीय घटना हो तर यसको धार्मिक र ज्योतिषीय महत्व पनि छ । यो ग्रहण वृश्चिक राशिमा लाग्दैछ । योसँगै नोभेम्बर ८ मा हुने वर्षको अन्तिम चन्द्र ग्रहण वृष राशिमा लाग्नेछ । वैशाख शुक्ल पक्षको पूर्णिमामा जेठ २ गते चन्द्र ग्रहण लाग्ने विशेष संयोग पनि छ । यसलाई बुद्ध पूर्णिमा भनिन्छ। यस दिन गौतम बुद्धको जन्म पनि भएको थियो ।

प्रकाशित : आइतबार, जेठ ०१, २०७९१५:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

४ राशिमा हुन्छ राम भक्त हनुमानको कृपा, हरेक परिस्थितिमा दिन्छन् साथ !