दुई दिनपछि हुनेछ सेनापति ग्रह मंगलको राशि परिवर्तन, यी ४ राशिलाई हुनेछ अमंगल !

ज्योतिष शास्त्रका अनुसार जब कुनै पनि ग्रहले राशि परिवर्तन गर्छ तब ग्रहको राशि परिवर्तनको प्रभाव १२ राशिमा नै पर्ने गर्दछ । यस वर्ष मंगल ग्रह कुम्भ राशिबाट मीन राशिमा जेठ ३ गते मंगलबार बिहान ९:४७ मा प्रवेश गर्ने भएका छन् । त्यसपछि असार १३ गते सम्म मंगल ग्रह यस राशिमा रहनेछ।

अर्कोतर्फ ज्योतिष शास्त्रमा मंगल ग्रहलाई व्यक्तिको कुण्डलीमा पराक्रम, भूमि, ऊर्जा, साहस र बल आदिको कारक मानिएको छ । मंगल ग्रहको यस राशि परिवर्तनको कारण ४ राशिलाई निकै सावधान हुनु पर्ने भएको छ ।

तुला राशि

तुला राशिका व्यक्तिहरूले मंगल राशि परिवर्तनको यो अवधिमा जीवनमा उतारचढावको सामना गर्नुपर्ने हुन सक्छ। ऋणको दबाबमा पर्नुहुनेछ। ठूलो क्षेत्रमा लगानी गर्नको लागि यो समय अनुकूल छैन।

वृश्चिक राशि

आर्थिक स्थितिमा केही कमजोरी हुँदा यस अवधिमा वृश्चिक राशिका व्यक्तिको खर्च बढ्न सक्छ। यस अवधिमा रोजगारदाताहरूले सबै कुरा सावधानीपूर्वक गर्नुपर्नेछ। आम्दानीका स्रोतमा कमी आउनेछ ।

मकर राशि

मकर राशिका व्यक्तिहरूले मंगलको यस राशि परिवर्तनको अवधिमा पारिवारिक समस्याको सामना गर्नुपर्ने हुन सक्छ। क्रोधका कारण समस्यामा पर्न सकिन्छ। अर्कोतर्फ कठोर बोलीले सम्बन्धमा समस्या सिर्जना गर्न सक्छ। यस मंगलको राशि परिवर्तनको समयमा आर्थिक स्थितिमा पनि बाधा आउने सम्भावना छ ।

मीन राशि

अबको दिनमा मङ्गल देव  मीन राशि राशि परिवर्तन गरेर बस्ने भएका छन्  । मंगलको यस राशि परिवर्तनले मीन राशिका व्यक्तिहरूले जीवनमा धेरै समस्याको सामना गर्नुपर्ने हुन सक्छ। घरायसी समस्या बढ्न सक्छ। काममा कुनै पनि सफलता प्राप्त गर्न धेरै मेहनत गर्नु पर्ने हुन्छ । साथै यस अवधिमा आर्थिक समस्याको सामना गर्नुपर्ने हुन सक्छ।

प्रकाशित : आइतबार, जेठ ०१, २०७९१२:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

माता लक्ष्मीको कृपाले यस साता यी ४ राशिलाई अत्यन्तै शुभ हुने, हुनेछ चौतर्फी लाभै-लाभ !