भोलि जेठ २ गते सोमबार सूर्यले आफ्नो राशि परिवर्तन गरी वृष राशिमा प्रवेश गर्ने भएका छन् । ग्रहहरूको राजा मानिने सूर्यको स्थितिमा भएको परिवर्तनले व्यक्तिको सफलता, स्वास्थ्य, सम्मान आदिमा असर गर्छ। कुन राशिका व्यक्तिका लागि भोलि हुने सूर्यको राशि परिवर्तन कस्तो हुनेछ जान्नुहोस् ?
मेष राशि
मेष राशिका लागि सूर्य राशि परिवर्तनले यात्राको योग रहेको छ । धर्म र अध्यात्ममा रुचि बढ्नेछ। जागिर, अन्तर्वार्ता, परीक्षाको तयारी गर्ने व्यक्तिले सफलता हात पर्नेछ। मान सम्मान बढ्नेछ। धन लाभ हुनेछ ।
वृष राशि
सूर्यले देवको राशि परिवर्तनको प्रभावले शुभ हुने भएको छ । सूर्य देव भोलि राशि परिवर्तन गरेर वृष राशिमा प्रवेश गरेको हुनाले यो राशिका मानिसहरुमा राम्रो प्रभाव पर्ने देखिन्छ । यस समयमा वृष राशिका व्यक्तिको व्यक्तित्व बलियो हुनेछ। आम्दानी बढ्नेछ । आर्थिक समस्याको अन्त्य हुनेछ । करियरमा सफलता मिल्नेछ । पदोन्नति वा नयाँ जागिर मिल्नेछ र मान सम्मान छ।
मिथुन राशि
भोलि हुने सूर्यको राशि परिवर्तनको कारण मिथुन राशिका व्यक्तिहरुको बढेको खर्च केही कम हुन थाल्नेछ । जसको कारण बचत गर्न सजिलो हुनेछ । पैतृक सम्पत्तिको विषयमा विवाद हुनसक्छ । कानुनी झमेलामा पर्न सक्छ । आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नु होला।
कर्कट राशि
कर्कट राशि भएकाहरूलाई सूर्य राशि परिवर्तनले धेरै प्रगति गर्ने छन् साथै मान सम्मान बढ्नेछ। पुरानो सम्पत्ति सम्बन्धी मामिलाको समस्याबाट राहत मिल्नेछ। घरमा कुनै पनि शुभ कार्य हुन सक्छ। खराब बानीहरू त्याग्नु उचित हुनेछ।
सिंह राशि
सूर्यको राशि परिवर्तनको कारण सिंह राशिका व्यक्तिलाई करियरमा ठूलो लाभ दिनेछ। विशेष गरी सरकारी क्षेत्रमा काम गर्नेहरूले धेरै लाभ उठाउनेछन्। यो समय सरकारी जागिरको तयारीमा रहेका व्यक्तिहरूलाई पनि सफलता मिल्न सक्छ। मान सम्मान बढ्नेछ। धन लाभ हुनेछ ।
कन्या राशि
कन्या राशिका व्यक्तिलाई सूर्यको राशि परिवर्तनले करियरमा प्रगति हुनेछ तर अलिकति लापरवाहीले हानि पनि निम्त्याउन सक्छ। सबैसँग मिलेर काम गर्नु राम्रो हुन्छ । बुवाको स्वास्थ्यको ख्याल गर्नु होला ।
तुला राशि
तुला राशिका लागि सूर्यको राशि परिवर्तनको कारण यो समय निकै उतारचढावपूर्ण रहनेछ। आर्थिक समस्या आउन सक्छ । हतारमा लगानी नगर्नुहोस्। यस समयमा तुला राशिका व्यक्ति ऋण दिनबाट जोगिनुहोस्। शत्रुले हानि गर्न सक्छ । आफन्तसँग विवाद हुनसक्छ ।
वृश्चिक राशि
वृश्चिक राशिका मानिसहरुका लागि भाग्यको पूर्ण साथ रहनेछ । पद, धन, प्रतिष्ठा सबै मिल्नेछ। स्थानान्तरण कुनै पनि इच्छित स्थानमा गर्न सकिन्छ। व्यापारीहरुलाई धेरै फाइदा हुनेछ। यस समयमा वृश्चिक राशिका व्यक्तिले जीवन साथीको स्वास्थ्यको ख्याल गर्नुहोला ।
धनु राशि
अधुरा कामहरु अब सम्पन्न हुनेछन् । अदालत वा सरकारी कार्यालयमा लामो समय देखि अलपत्र रहेका मुद्दाहरू टुंगो लाग्नेछ। शत्रुहरू माथि विजय प्राप्त हुनेछ। कुनै ठूलो जोखिम नलिनुहोस्। यस सूर्यको राशि परिवर्तन अवधिमा कतै लगानी नगर्नुहोस्। घरमा धार्मिक कार्य गर्नको लागि यो राम्रो समय रहेको छ।
मकर राशि
सूर्यको राशि परिवर्तनको कारण मकर राशिका लागि यो समयले धेरै सफलता दिनेछ। अचानक धन प्राप्त हुनेछ। प्रगति गर्न सकिनेछ । शत्रुहरुले सक्रिय भए पनि उनीहरुको योजना सफल हुने छैन ।यस समयमा मकर राशिका व्यक्तिले कुनै पनि निर्णय गर्दा सावधान रहनु यस समयमा उत्तम नीति हुनेछ।
कुम्भ राशि
कुम्भ राशिका लागि यो राशि परिवर्तन निकै शुभ रहेको छ । उनीहरूलाई सबैतिर फाइदा हुनेछ। धेरै धन प्राप्त हुनेछ। पदोन्नति हुन सक्छ। आम्दानी बढ्नेछ। मान सम्मान मिल्नेछ व्यापारीलाई फाइदा हुनेछ ।
मीन राशि
मीन राशिका व्यक्तिहरूले आफ्नो करियरमा सफलता प्राप्त गर्नेछन्। लामो समयदेखिको शारीरिक समस्याबाट अब राहत मिल्नेछ । दाजुभाइसँग विवाद हुन सक्छ, विवादबाट टाढा रहनुहोस्। सम्पत्ति, लेनदेनको मामिलामा जटिलता आउन सक्छ। व्यापार क्षेत्रमा मनग्य लाभ हुनेछ ।