हिन्दू धर्ममा कुनै पनि शुभ कार्य गर्न शुभ साइत वा मुहूर्त हेर्ने गरिन्छ। शुभ समयमा गरेको काममा सफलता मिल्ने सम्भावना बढी हुने विश्वास रहेको छ। कुनै पनि शुभ कार्य गर्नु अघि पञ्चाङको दर्शन गरिन्छ। यदि तपाईं केहि विशेष काम गर्न विशेष दिन खोज्दै हुनुहुन्छ भने, वैशाख २९ गते अर्थात् भोलिको दिन तपाईंको लागि उपयोगी साबित हुन सक्छ।
यस दिन धेरै शुभ योगहरू बनिरहेका छन्। जान्नुहोस् कसरी यस शुभ दिनमा केही उपाय अपनाएर देवी लक्ष्मीको कृपा प्राप्त गर्न सकिन्छ।
किन विशेष रहेको छ भोलिको दिन ?
यस दिनमा सबै एकादशीमध्ये श्रेष्ठ मानिने मोहिनी एकादशी परेको छ। यसका साथसाथै यस दिन धेरै शुभ योगहरू पनि निर्माण हुनेछ। भोलि शुभ हर्ष योग बन्नेछ। यससँगै तीनवटा ग्रह आ–आफ्नो स्वामित्व रहेको राशिमा रहनेछन्। जसमा चन्द्रमा आफ्नै राशि कन्यामा, शनि कुम्भ राशिमा र बृहस्पति मीन राशिमा रहनेछ। ज्योतिष शास्त्रका अनुसार यस दिन पूजा र व्रत गर्नाले अनन्त पुण्य प्राप्त हुन्छ।
धन प्राप्तिका लागि भोलिको दिन गर्नुहोस् यी मध्ये एक उपाय:-
यस दिन तुलसीको बोट नजिक घ्यूको दियो बालेर ११ पटक तुलसीको परिक्रमा गर्नुहोस्। साँझमा चन्द्रमालाई दूध र गंगाजलले अर्घ्य दिनुहोस् र योग्य ब्राह्मणलाई घ्यू, दही, सेतो वस्त्र आदि वस्तुहरू दान गर्नुहोस्। पीपलको रुखमा जल चढाएर त्यसको अगाडि घ्यूमा बत्ती बाल्नुहोस्। श्रीमद भागवत पढ्नुहोस्।
यस दिन देवी लक्ष्मी र भगवान विष्णुको साथमा दक्षिणावर्ती शंखको पूजा गर्नुहोस्। पूजा सकिएपछि पहेँलो फल, पहेँलो कपडा र पहेँलो दाना गरिबलाई दान गर्नुहोस् । भगवान विष्णुलाई शंखले अभिषेक गर्नुहोस्। लक्ष्मी मातालाई खीर चढाउनुहोस्। पूजामा तुलसीको पातको प्रयोग गर्नु शुभ हुन्छ।
एकादशी व्रतको कथा अवश्य पढ्नुहोस्। यस दिन पूजाको समयमा भगवान विष्णु र माता लक्ष्मीको आरती गर्नुहोस्।