चाणक्यका ६ अनमोल विचारमा लुकेको छ जीवनको सफलता, जुन अपनाउनुभएमा सधैँ मिल्नेछ लक्ष्मीजीको कृपा

काठमाडौँ : – चाणक्य नीतिले जीवनमा सफल हुन् प्रेरणा दिन्छ। यहीँ कारणले सयौँ वर्ष बितिसक्दा पनि चाणक्य नीति जनतामाझ निकै लोकप्रिय छ। आचार्य चाणक्यका अनुसार हरेक मानिसले जीवनमा सफलता प्राप्त गर्न सङ्घर्ष गर्छन्। केही मानिसहरुले सफलता पाउँछन् भने केही असफल हुन्छन्। चाणक्य नीति अनुसार वास्तविक सफल व्यक्ति ती हुन् जसले अरुलाई पनि सफल बन्न प्रेरित गर्छन्। कानुन-कायदा र अनुशासनको दायरामा रही प्राप्त गरेको सफलता स्थायी हुन्छ। यस्ता व्यक्ति देखेर धनकी देवी लक्ष्मीजी पनि प्रसन्न हुन्छन्। जीवनमा सफल हुन् चाहनेहरुले आफ्नो जीवनमा यी कुराहरु लागू गर्ने प्रयास गर्नुहोस् : –

१. चाणक्य नीति अनुसार सुन्दरता, भोजन र धनको बारेमा सोचेर जीवनमा कहिल्यै पनि असन्तुष्ट हुनुहुँदैन्। हामीसँग जे छ त्यसैमा खुशी हुनुपर्छ।

२. चाणक्य नीति अनुसार ज्ञान बिना जीवनमा सफलता प्राप्त गर्न असम्भव छ। व्यक्तिसँग सधैँ हुनुपर्ने चीजमध्ये एक हो ज्ञान।

३. चाणक्य नीति अनुसार हरेक व्यक्तिले कुनै पनि काम गर्नु अघि त्यसको राम्रो र नराम्रो पक्षबारे विचार गर्नुपर्छ। यस्ता व्यक्तिले जीवनमा कहिल्यै पनि समस्याको सामना गर्नुपर्दैन्।

४. चाणक्य नीति अनुसार विवाहपछि पुरुष अरु महिलाप्रति आकर्षित हुनुहुँदैन्। बिबाहेत्तर सम्बन्धले पारिवारिक जीवनमा धेरै समस्या निम्त्याउन सक्छ।

५. चाणक्य नीति अनुसार आफूभन्दा कम या बढी ईज्जत भएका व्यक्तिहरुसँग कहिल्यै पनि मित्रता गाँस्नुहुँदैन्। यस्ता मान्छेसँगको मित्रताले तपाईलाई कहिल्यै पनि खुशी दिँदैन्, बरु उल्टै अपमान सहनु पर्ने हुन्छ।

६. चाणक्य नीति अनुसार अरुको गल्तीबाट पाठ सिक्नुपर्छ। आफैँमा प्रयोग गरेर सिकेमा तपाईको आयु कम पर्न थाल्छ। अरुका गल्तीबाट सिक्नेले जीवनमा अपार सफलता प्राप्त गर्छन्।

प्रकाशित : बुधबार, बैशाख २८, २०७९१५:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जेठ १९ बाट सुरु हुँदैछ नौतपा, ९ दिनसम्म चर्को गर्मी साथै ठूलो वर्षाको सम्भावना, जान्नुहोस् विस्तारमा !