काठमाडौँ : हरेक राशिका मानिसमा केही न केही खास विशेषता हुन्छ, जसले उनीहरुलाई अलग पहिचान दिन्छ। आज हामी यस्ता राशिका बारेमा चर्चा गर्छौँ, जो व्यापार-व्यवसाय गर्न सिपालु हुन्छन्। उनीहरु व्यापारमा जोखिम लिन अलिकति पनि डराउँदैनन्। उनीहरु बुद्धिमान हुनुका साथै नयाँ-नयाँ योजनाहरुबाट उनीहरुले खुबै लाभ कमाउँछन्। उनीहरुलाई धन-दौलतको कमी कहिल्यै हुँदैन्। उनीहरुको जीवन सुख-सुविधाले भरिपूर्ण हुन्छ।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
मेष राशिका मानिसहरु बुद्धिमान र ईमानदार हुन्छन्। उनीहरु कुनै पनि काम मन लगाएर गर्छन्। चाँडै हार मान्दैनन्। व्यापार-व्यवसायमा उनीहरुको विशेष रुचि हुन्छ। उनीहरु साहसी र निडर हुन्छन्। जीवनमा आउने चुनौतीहरुको डटेर सामना गर्छन्। उनीहरुमा धन-दौलतको कहिल्यै कमी हुँदैन्।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
वृश्चिक राशिका मानिसहरु चतुर हुन्छन्। उनीहरुले मेहनत गरेर कुनै पनि काममा सफलता पाउँछन्। उनीहरु व्यापार-व्यवसायमा निपुण हुन्छन्। उनीहरुका जीवन सुख-सुविधाले भरिएको हुन्छ। उनीहरु कसैको अधीनमा रहेर काम गर्न रुचाउँदैनन्। उनीहरु जुनसुकै काम पनि आफ्नै तरिकाले गर्छन्।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
तुला राशिका मानिस तेज दिमागका हुन्छन्। उनीहरुका लागि कुनै पनि काम असम्भव हुँदैन्। कुनै काम गर्ने अठोट गरेपछि त्यो काम सकाएर मात्र चैनको साँस फेर्छन्। उनीहरु बुद्धिमान र मेहनती हुन्छन्। हिसाबकिताबको पक्का हुन्छन्। जोखिमपूर्ण काम गर्नमा पनि माहिर मानिन्छन्।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
मकर राशिका मानिसहरु मेहनती र बुद्धिमान हुन्छन्। मेहनती स्वभावको कारण हरेक काममा सफलता हासिल गर्छन्। उनीहरुका जीवन सुख-सुविधाले भरिएको हुन्छ। उनीहरु सधैँ अरुलाई सहयोग गर्न तम्तयार हुन्छन्। उनीहरुभित्र कुशल नेतृत्व क्षमता हुन्छ। उनीहरु उदाहरणीय एवं सफल राजनेता बन्छन्।