मे महिनामा जन्मेका व्यक्तिहरू हुन्छन् निकै आकर्षक, यस क्षेत्रका युवतीले पाउँछन् ठुलो सफलता !

ज्योतिष शास्त्रका अनुसार व्यक्तिको स्वभाव, भविष्य र गुणहरू बुझ्न धेरै विधिहरू प्रयोग गरिन्छ। यसमा राशि, अंकसँगै व्यक्तिको जन्म महिनाले पनि महत्त्वपूर्ण भूमिका खेल्छ। त्यसै अनुसार जान्नुहोस् मे महिनामा जन्मेका मानिसहरुको स्वभाव कस्तो हुन्छ ?

ज्योतिष शास्त्र अनुसार हरेक महिनाको आ-आफ्नै महत्त्व हुन्छ । कुनै पनि महिनामा जन्मेका व्यक्तिको स्वभाव, भविष्य, गुण, करियर, रुचि, मन पर्ने कुरा नपर्ने सबै फरक–फरक हुन्छन् ।जन्म महिना, जन्म मिति र राशिफलका आधारमा व्यक्तिको भविष्य थाहा पाउन सकिन्छ । आज हामी मे महिनामा जन्मेका मानिसहरुको स्वभावको बारेमा जन्नेछौँ।

ज्योतिष शास्त्रका अनुसार मे महिनामा जन्मेका मानिसहरु निकै आकर्षक हुन्छन् । जिन्दगीमा जे गर्ने निर्णय गर्छौ, त्यसै पुरा गरेर छोड्ने स्वभावका हुन्छन्। जान्नुहोस् मे महिनामा जन्मेका व्यक्तिहरूको कस्ता हुन्छन् ?

करियर

मे महिनामा जन्मेका मानिसहरु धेरै मेहनती हुन्छन्  र जीवनमा उच्च स्थान हासिल गर्छन्। यस महिना जन्मेका व्यक्तिलाई नोकरी, व्यवसायमा धेरै सफलता मिल्नेछ। मे महिनामा जन्मेका मानिस कम्प्युटर, इन्जिनियर, पत्रकार, पाइलट र प्रशासनिक अधिकृत बन्छन् । एकै समयमा, केटीहरूले फेसनको क्षेत्रमा धेरै सफलता पाउँछन्।

हुन्छन् निकै आकर्षक 

ज्योतिष शास्त्रका अनुसार मे महिनामा जन्मेका मानिसहरु हेर्नमा निकै आकर्षक र भावुक हुन्छन् । पहिलो नजरमा, व्यक्ति तुरुन्तै तिनीहरूप्रति आकर्षित हुन्छ। यो महिनामा जन्मेका व्यक्तिहरुको दिमाग निकै तेज हुन्छ र आफ्नो तेज दिमागको बलमा कुनै पनि काममा सजिलै सफलता पाउँछन् ।

कलात्मक हुन्छन् मे महिना जन्मेका व्यक्ति 

मे महिनामा जन्मेका मानिसलाई साहित्य र कला प्रेमी मानिन्छ । यस महिना जन्मेका व्यक्ति आफ्नो काममा सफल हुन् हरेक कलात्मक प्रयास गर्छन्। यति मात्र होइन, यी मानिसहरू चित्रकला, नृत्य र गायनमा विशेष रुचि राख्छन्।

प्रकाशित : बुधबार, बैशाख २८, २०७९१३:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

व्यापार गर्न खप्पिस हुन्छन् ४ राशि, जन्मजात नै लिएर आउँछन् यो खूबी