भारतीय चर्चित मोडल तथा टेलिभिजन क्षेत्रमा बाल कलाकार देखि नै सबैको मन जित्न सफल अवनीत कौरलाई आजको समयमा कुनै परिचयको आवस्यक पर्दैन । बालकलाकारको रुपमा अभिनय यात्रा सुरु गरेकी अभिनेत्री अवनीत कौर अहिले आफ्नो हटनेसका कारण मानिसको मनमा स्थान बनाएकी छिन् ।
अवनीत पछिल्लो समयमा अभिनयमा मात्र नभई सामाजिक सञ्जालको एक चर्चित पात्र पनि बनेकी छिन् । लगभग हरेक दिन, उनी इन्स्टाग्राममा फ्यानहरूसँग आफ्नो नयाँ-नयाँ तस्बिर पोस्ट गरिरहन्छिन्।
यस्तो अवस्थामा फ्यानहरु पनि उनीहरुको फोटो र भिडियोको उत्सुकताका साथ पर्खिरहेका हुन्छन् ।
मंगलबार फेरि अवनीतले आफ्नो सुन्दरता फैलाउने केही तस्बिर र भिडियो सार्वजनिक गरेकी छिन् ।
अवनीतको कामको बारेमा कुरा गर्दा, उनले बाल कलाकारको रूपमा आफ्नो करियर सुरु गरेकी थिइन्। उनी अहिले आफ्नो आगामी फिल्म ‘टिकु वे:-ड्स शेरु’को चर्चामा छिन् ।
यस फिल्ममा उनी नवाजुद्दीन सिद्दीकीसँग मुख्य भूमिकामा देखिनेछन् । उनको फिल्मलाई लिएर फ्यानहरु निकै उत्साहित छन् ।