काठमाडौँलाई कुनै नमुना सहर हैन कान्तिपुरी नगरी बनाउँछु- सुनिता डंगोल

नेकपा एमालेको तर्फबाट काठमाडौँको उपमेयरमा उम्मेदवारी सुनिता डंगोलले काठमाडौँलाई अन्य देशको नमुना सहर भन्दा पनि काठमाडौँ जस्तै कान्तिपुर नगरी सहर बनाउने बताएकी छिन् ।

नेकपा एमालेको तर्फबाट काठमाडौँको उपमेयरमा उम्मेदवारी सुनिता डंगोलले मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा काठमाडौँ सहरलाई अन्य कुनै नमुना सहर जस्तो नभई कान्तिपुरी नगरीको रुपमा विकास गर्ने बताएकी छिन् । कार्यक्रममा सम्बोधन गर्दै डंगोल भनिन् ‘काठमाडौँलाई कतिले विश्वका कुनै सहरजस्तो बनाउँछु भने पनि आफूले काठमाडौँलाई काठमाडौँ जस्तै, कान्तिपुर नगरी बनाउने बताइन ।

डंगोलले थप भनिन ‘ अहिलेको समयमा देश विकाशको लागि एमालेको सरकारको आवश्यक परेको हुँदा एमालेलाई जिताउन आग्रह गरिन् । साथै आफ्नो सरकारले काठमाडौँमा शिक्षा, स्वास्थ्य क्षेत्रमा विकास गर्ने बाताइन ।

प्रकाशित : मङ्गलबार, बैशाख २७, २०७९१६:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अन्ततः वामदेवले खोल्ने भए छुट्टै पार्टी !