अन्ततः वामदेवले खोल्ने भए छुट्टै पार्टी !

काठमाडौँ – राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नयाँ पार्टी खोल्ने भएका छन्। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजन भएपछि एमालेमा पनि नबसेका गौतमले नयाँ पार्टी खोल्ने भएका हुन्।

गौतमले मंगलबार नयाँ पार्टीको घोषणा गर्न लागेको जानकारी प्राप्त भएको छ। नयाँ पार्टी घोषणाको लागि गौतमले मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्दैछन्।

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक समेत रहेका गौतमले रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर नयाँ दलको घोषणा गर्न लागको राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले बताए। पार्टी घोषणालगत्तै सबै साना ठूला कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्नका तीन महिने लागि अभियान सञ्चालन गर्ने गौतमको योजना रहेको छ।

नेकपा विभाजन पछि उनी छुट्टै अभियानमा छन्। गत प्रतिनिधि सभा चुनावमा बर्दियाबाट पराजित गौतमलाई तत्कालीन नेकपा सरकारले राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको थियो।

प्रकाशित : मङ्गलबार, असार १४, २०७९१०:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एमालेमा प्रचण्डले के को बीउ ?