चाणक्य नीति : कसरी पत्ता लगाउने शत्रुको कमजोरी ? बस् गर्नुहोस् यो काम

काठमाडौँ : आचार्य चाणक्यका नीतिहरु एक सफल जीवनको लागि धेरै महत्वपूर्ण छन्। अर्थशास्त्र आचार्य चाणक्यका नीतिहरुका सङ्ग्रह हो। उनका विचारहरु अझैँ पनि पहिलेको जत्तिकै सान्दर्भिक छन्। एक सफल जीवनको हरेक मोडमा उनका नीतिहरु बहुउपयोगी साबित हुन्छन्। आज हामी आचार्य चाणक्यका विचार अनुसार शत्रुको कमजोरी कसरी पत्ता लगाउने भन्नेबारे चर्चा गर्छौँ।

आचार्य चाणक्यले आफ्नो भनाईमा आँखाबाटै शत्रुको छिद्र अर्थात् उसको कमजोरी देख्न सकिन्छ।

यसको अर्थ मानिसले एक चुट्कीमै अरुको कमजोरी पत्ता लगाउन सक्छन्। आचार्य चाणक्यका अनुसार आँखाले मानिसको रहस्य खोल्न महत्वपूर्ण भूमिका खेल्छ। मान्छेको आँखाले उसको दिलको हाल बयान गर्छ। त्यहीँ आँखामार्फत कसैको कमजोरी देख्न र परीक्षण गर्न सकिन्छ।

आँखाबाटै मान्छेको राम्रो र नराम्रो नियत जान्न सकिन्छ।  मानिसले आफ्नो रहस्य लुकाउनको लागि झुटको सहारा लिने गर्छन् तर मनको ऐना आँखा हो। मुखले झुट बोलेपनि आँखाले सत्य बोलिरहेको हुन्छ। यहीँ कारण आँखाबाट कुनै पनि कुरा लुकाउन गाह्रो हुन्छ।

प्रकाशित : मङ्गलबार, बैशाख २७, २०७९१०:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

माता लक्ष्मी समान मानिन्छन् यी ५ अक्षरबाट नाम भएका युवती, विवाहपछि कमाउँछन् अथाह धन !