ज्योतिष शास्त्रका अनुसार केही यस्ता अक्षयर छन् जसलाई निकै शुभ मानिन्छ । भनिन्छ, यी अक्षरबाट नाम सुरु हुने मानिस निकै भाग्यमानी हुन्छन् । ज्योतिष शास्त्रका अनुसार हामी यस्ता ६ अक्षरहरुको बारेमा बताउन गइरहेका छौँ जसबाट नाम सुरु हुने युवतीलाई लक्ष्मी समान मानिन्छ । जहाँ-जहाँ तिनीहरूले पाइला खस्छ, त्यहाँ सुख-समृद्धि आउने मान्यता रहेको छ ।
यी अक्षयरबाट नाम सुरु भएका युवतीलाई जीवनमा सुख सुविधाको कहिल्यै कमी नहुने मान्यता रहेको छ । जान्नुहोस् ती कुन-कुन अक्षरबाट नाम सुरु भएका युवतीलाई सबैभन्दा भाग्यमानी मानिन्छ ?
‘A’ बाट नामको सुरुवात भएका युवतीहरु
यस अक्षरबाट नाम सुरु हुने युवतीलाई निकै भाग्यशाली मानिन्छ । उनीहरुमा राम्रो नेतृत्व गर्न सक्ने क्षमता हुन्छ । यस राशिका युवती आफ्नो स्वभावले सबैको मन जित्छिन् । परिवारका सदस्यहरुका लागि उनीहरु निकै भाग्यमानी साबित हुन्छन् । साथै करियरमा उच्च स्थान प्राप्त गर्दछन् ।
‘C’ बाट नामको सुरुवात भएका युवतीहरु
यस अक्षरबाट नाम सुरु हुने युवती साहसी र निडर हुन्छन्। यस अक्षरबाट नाम भएका युवतीले जुन काम गर्ने निर्णय गर्छन् त्यसलाई पुरा गरेर छोड्ने स्वभावका हुन्छन्। उनीहरुको जीवनमा कहिले पनि कुनै कुराको कमी हुँदैन । यस अक्षरबाट नाम भएका युवती आफ्नो लागि मात्र होइन उनिहरूसँग जोडिएका मानिसहरूका लागि पनि भाग्यशाली साबित हुन्छन्।
‘L’ बाट नामको सुरुवात भएका युवती
जसको नाम यो अक्षरबाट सुरु हुन्छ, उनीहरूले कसैलाई क्षणभरमा आफू प्रति मोहित बनाउँछन्। उनीहरुमा ठूलो आकर्षण छ । उनी सधैँ अरूलाई मद्दत गर्न तयार हुन्छन्। यिनीहरुमा माता लक्ष्मीको विशेष कृपा हुन्छ । जसका कारण उनीहरुले जीवनमा कहिले आर्थिक संकटको सामना गर्नु पर्दैन ।
‘T’ बाट नामको सुरुवात भएका युवती
यस अक्षरबाट नाम सुरु हुने युवतीहरु इमानदार, भाग्यशाली र मेहनती हुन्छन्। यस अक्षरबाट नाम भएका युवती श्रीमान र घरको लागि भाग्यशाली मानिन्छन् । श्रीमानको लागि उनी नै वास्तविक माता लक्ष्मी समान हुन्छन् । उनीहरुको जीवनमा धन र धान्यको कहिल्यै कमी हुँदैन ।
‘Y’ बाट नामको सुरुवात भएका युवती
यो अक्षरबाट नाम सुरु हुने युवतीहरूले कडा परिश्रमको आधारमा जीवनमा उच्चा स्थान हासिल गर्छन्। उनीहरूले जीवनभर भाग्यको साथ पाउँछन्। उनीहरुको उपस्थितिले परिवारमा सधैँ खुसीको वातावरण रहन्छ । उनीहरु धनको हिसाबले धेरै भाग्यमानी मानिन्छन् ।