मंगलबारको दिन भुलेर पनि नगर्नुहोस् यस्ता काम, जीवनमा हुनेछ अनिष्ट, घरमा बढ्नेछ कलह !

हिन्दू धर्ममा मंगलबार भगवान राम भक्त हनुमानको नाममा समर्पित हुन्छ । यस दिन श्रद्धा पूर्वक हनुमान मन्दिरमा गएर पूजा गर्नु निकै शुभ मानिन्छ । तर केही यस्ता काम पनि छन् जसलाई मंगलबारको दिन गर्न निषेध गरिएको छ । जान्नुहोस् जसलाई मंगलबार गर्नाले मंगलको सट्टा अमंगल हुन सक्छ।

मंगलबार कपाल काट्ने काम नगर्नुहोस्
मंगलबारको दिन कपाल काट्नु वा दारी काट्नु हुँदैन। यस दिन यस्ता कार्य गर्नु शुभ मानिँदैन। मंगलबारको दिन कपाल काट्ने कार्य गर्नाले गर्नाले मानिसमा धेरै विपत्ति आइलाग्छ र गरिरहेको काम बिग्रन सक्छ। तसर्थ, मंगलबार यी कामहरू नगर्दा राम्रो हुनेछ। त्यस्तै यदि तपाई मांसाहारी हुनुहुन्छ वा बेलाबेलामा मासुजन्य चिज खाना खानुहुन्छ भने मंगलबार आफूलाई नियन्त्रण गर्नुहोस् र भुलेर पनि मांसाहारी चिज नखानुहोस्। यसो नगर्दा मंगलबारको पूजाको फल मिल्दैन ।

मंगलबार नयाँ घर किन्ने र भूमि पूजा नगर्नुहोस्
हनुमान जीलाई भूमि पुत्र मानिन्छ। त्यसैले मंगलबार नयाँ घर किन्नु हुँदैन र नयाँ घर बनाउन भूमि पूजा पनि गर्नु हुँदैन । यसो गर्नाले घरमा धेरै रोग प्रवेश गर्छ र परिवारमा आर्थिक संकट पनि सुरु हुन्छ ।

मंगलबारको दिन फलामका सामान वा कालो रंगको कपडा किन्नु हुँदैन । यसो गर्नु अशुभ मानिन्छ । यसको सट्टा, मंगलबार सुन्तला वा रातो लुगा लगाउनुहोस्। हनुमानलाई रातो रङ धेरै मन पर्छ त्यसैले यस दिन रातो रङको कपडा लगाउनाले मंगल दोषको प्रभाव पनि कम हुन्छ ।

मंगलबार शृंगारको कुनै सामान नकिन्नुहोस्
भगवान हनुमानको दिन अर्थात् मंगलबारको दिन कुनै पनि सजावट वा काचका सामान किन्नु हुँदैन। यसो गर्नाले श्रीमान्–श्रीमतीबिच झगडा सुरु हुने जनविश्वास छ । यसका साथै घरमा धनको हानि पनि हुन्छ ।

यस्ता चिज गर्नुहोस् दान
ज्योतिष शास्त्रमा हेर्ने हो भने मंगलबार तामा, केसर, गहुँ, रातो चन्दन, रातो गुलाफ, सिन्दुर, मह, रातो फूल, दाल, रातो खुर्सानी र रातो ढुङ्गा दान गर्न सकिन्छ । यस दिन रातो फलफूल र रातो रंगको कपडा दान गर्न पनि सकिन्छ । यस दान यस्ता चिज दाङ गर्नाले धेरै पुण्य प्राप्त हुन्छ र सबै मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।

प्रकाशित : मङ्गलबार, बैशाख २७, २०७९१०:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चाणक्य नीति : कसरी पत्ता लगाउने शत्रुको कमजोरी ? बस् गर्नुहोस् यो काम