यी राशिका युवती प्रेम सम्बन्धमा हुन्छन् निकै इमानदार, सबै कुरा त्यागन हुन्छन् तयार !

आजको आधुनिक युगमा युवा र युवती एक अर्काप्रति आकर्षित हुने र प्रेममा पर्ने सामान्य भइसकेको छ । कतिपय अवस्थामा कुरा यतिसम्म पुग्छ कि मानिसहरु एक अर्काको लागि जस्तो परिस्थितिको सामना गर्न पनि तयार हुन्छन् । धेरै पटक कसैको घरका मान्छेले दुईजनाको मायालाई स्वीकार गर्दैनन् र उनीहरु फरक बाटोमा हिँड्न तयार हुन्छन् ।

यस्तो अवस्थामा ज्योतिष शास्त्रमा पनि केही राशिको उल्लेख गरिएको छ, जसका अनुसार केही राशिका युवतीहरूले सम्बन्धमा प्रेम सम्बन्धमा परेपछि यसलाई इमानदारीपूर्वक निभाउँछन् । जान्नुहोस् कुन-कुन हुन् ती राशिहरु….

मिथुन राशि

ज्योतिष शास्त्रका अनुसार मिथुन राशिका युवतीहरु प्रेमको मामिलामा निकै गम्भीर हुन्छन् । मिथुन राशिका युवतीहरू जोससँग एक पटक आफ्नो हृदय जोड्छन्, उनीहरूसँग इमानदारीपूर्वक सम्बन्ध निभाउँछन् । आफ्नो प्रेम जीवनमा रोमान्स र प्रेमलाई जीवित राख्न उनी सधैँ केही नयाँ र उपाय अपनाउन मन पराउँछन्। यस राशिका मानिस आफ्नो नजिकका साथीसँग आफ्नो कुरा साट्ने गर्छन्।

सिंह राशि 

सिंह राशिका युवतीहरू बढी रोमा:_न्टिक स्वभावका मानिन्छन् । प्रेमको मामिलामा सिंह राशिका युवतीहरु आफ्नो पार्टनरसँग बिना कुनै हिचकिचाहट आफ्नो मनको कुरा गर्छन्। यस राशिका युवती पार्टनरको खुसीमा खुसी हुने स्वभावका हुन्छन् । यही स्वभावका कारण उनीहरुको सम्बन्धमा बन्धन बलियो रहन्छ ।

धनु राशि


यस राशिका युवतीहरुको मन सफा हुन्छ । उनीहरु प्रेमको मामिलामा एकदमै स्पष्ट हुन्छन् र कुनै किसिमको छल गर्दैनन् । ज्योतिष शास्त्रका अनुसार जो केटा यस राशिको युवतीको प्रेममा पर्छन् धेरै भाग्यशाली हुन्छन्। किनकि यी युवतीहरु आफ्नो पार्टनरको भावना र खुशीको ख्याल गर्ने गर्छन् । यस्तो अवस्थामा उनीहरुको जीवन निकै राम्रो चल्छ ।

मकर राशि


मकर राशिका युवतीहरूले आफ्नो पार्टनरको हरेक साना-ठूला खुसी, मनपर्ने, मन नपर्ने आदिको राम्रो ख्याल राख्छन्। उनीहरु प्रेम पाउन र सम्बन्धमा ताजगी कायम राख्न जुनसुकै हदसम्म जान तयार हुन्छन् । यस्तो अवस्थामा यदि तपाईको पार्टनर मकर राशिको हो भने तपाई भाग्यमानी हुनुहुन्छ ।

प्रकाशित : सोमबार, बैशाख २६, २०७९१७:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मंगलबारको दिन भुलेर पनि नगर्नुहोस् यस्ता काम, जीवनमा हुनेछ अनिष्ट, घरमा बढ्नेछ कलह !