सोमबार पर्ने अमावस्यालाई सोमवती अमावस्या भनिन्छ । यो व्रत तिजको जस्तै फलदायी मानिन्छ। यस दिन विवाहित महिलाहरु आफ्नो पतिको दीर्घायु र सुखको कामना गर्दै व्रत बस्ने गर्दछन् । सोमवती अमावस्या व्रत मे ३० तारिक मनाइँदैछ । विशेष कुरा के छ भने यो वर्षको अन्तिम सोमवती अमावस्या पनि हुनेछ ।
हिन्दू धर्मका अनुसार यस वर्ष दुईवटा मात्रै सोमवती अमावस्या परेका छन् । पहिलो सोमवती अमावस्या ३१ जनवरीमा थियो । त्यसपछि दोस्रो सोमवती अमावस्या मे ३० तारिकमा हुनेछ । यसपछि यो वर्ष सोमवती अमावस्या हुने छैन । त्यसैले यस सोमवती अमावस्याको महत्व झनै बढेको छ । यस दिन व्रत र विधिवत पूजा गर्नु धेरै फलदायी मानिन्छ।
सोमवती अमावस्याका दिन विवाहित महिलाले पिपलको पूजा गर्छन् । सोमवती अमावस्याका दिन भगवान शिवको विशेष पूजा गर्नाले कुण्डलीमा रहेको चन्द्रमाको कमजोर स्थितिलाई बलियो बनाउन सकिन्छ । यस दिन पवित्र नदी, तलाउमा स्नान गरी सूर्यदेवलाई अर्घ्य दिनुहोस् । गायत्री मन्त्रको जप गर्नुहोस्। यस पछि भगवान शिवको पूजा गर्नुहोस्।
पितृहरूलाई तर्पण गर्नुहोस् र तिनीहरूको मोक्षको लागि प्रार्थना गर्नुहोस्। पूजापछि कुनै पनि अभावमा परेकालाई खाना र कपडा दान गर्नुहोस्। यस दिन माता लक्ष्मीको पूजा गर्नु पनि शुभ मानिन्छ ।
सोमवती अमावस्यामा धन प्राप्तिको उपाय
सोमवती अमावस्याको दिन १० चमत्कारी मन्त्रको जप गर्नु निकै शुभ मानिन्छ । यस दिन निम्न मन्त्रको जप गर्नाले आर्थिक क्षेत्रमा लाभ मिल्न सक्छ ।
ॐ धनाय नम: ॐ धनाय नमो नम: ॐ लक्ष्मी नम: ॐ लक्ष्मी नमो नम: ॐ लक्ष्मी नारायण नम: ॐ नारायण नमो नम: ॐ नारायण नम: ॐ प्राप्ताय नम: ॐ प्राप्ताय नमो नम: ॐ लक्ष्मी नारायण नमो नम