सोनाक्षी सिन्हाले गरिन् इन्गे:_जमेन्ट ? अभिनेत्रीले सामाजिक सञ्जालमा देखाइन् औँठी

अहिले बलिउड अभिनेत्री सोनाक्षी सिन्हाका फ्यान निकै खुसी भएका छन् । किनकि अहिले अभिनेत्रीले सामाजिक सञ्जालमा केही तस्बिर पोस्ट गरेकी छिन् । सोनाक्षीले हालै सामाजिक सञ्जालमा आज आफ्नो विशेष दिन भएको जानकारी दिएकी छिन् जसमा अभिनेत्रीले इन्गेजमेन्टको औँठी देखाएकी छिन् ।

अहिले अभिनेत्रीले सामाजिक सञ्जालमा पोस्ट गरेको तास्बिर निकै भाइरल भएको छ । अहिले अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा केही तस्बिर सेयर गर्दै आफूले इन्गेजमेन्ट भएको जानकारी दिएकी छन् । सोनाक्षी सिन्हाले फ्यानलाई आफ्नो इन्गेजमेन्टको औंठी देखाउँदै आफूले लिएको दबाब वास्तवमा निकै सजिलो भएको बताएकी छिन् ।

अहिले अभिनेत्री सार्वजनिक गरेको तस्बिरमा सोनाक्षी सिन्हासँगै एक व्यक्ति पनि देखिएका छन् तर ती व्यक्तिको अनुहार भने स्पष्ट देखिँदैन ।

अभिनेत्री सोनाक्षी सिन्हाको नाम धेरैसँग जोडिएकी सामाजिक सञ्जालमा चर्चा हुने गरेको थियो तर अहिले अभिनेत्रीले कुन व्यक्तिसँग इन्गेजमेन्ट गरेकी छन् भन्ने खुलाइएको छैन ।

अभिनेत्री सोनाक्षी सिन्हा चर्चित अभिनेता शत्रुघ्न सिन्हाकी छोरी हुन् । बलिउडमा मानिसहरु शत्रुघ्न सिन्हालाई ‘सट:-गन’ पनि भन्ने गर्छन् । ७०-८० को दशकमा शत्रुघ्न सिन्हाको निकै चर्चामा थिए ।

प्रकाशित : सोमबार, बैशाख २६, २०७९१४:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सुरविनाले भेटिन नायक राजेश हमाललाई: भन्छिन् राम्रोसँग आफैलाई अध्ययन गर्न सकेकी छैन !