सुरविनाले भेटिन नायक राजेश हमाललाई: भन्छिन् राम्रोसँग आफैलाई अध्ययन गर्न सकेकी छैन !

नायिका तथा मोडल सुरविना कार्की सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । लामो समय देखि चलचित्र क्षेत्रमा नदेखिए पनि सामाजिक सञ्जालमा भने निकै सक्रिय छिन् । हालै सुरविनाले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट सार्वजनिक गरेकी छिन् । जसमा सुरविना नायक राजेश हमलाको साथ देखिएकी छिन् ।

उनले राजेश हमालको साथमा खिचिएको तस्बिर सार्वजनिक गर्दै नायक राजेश हमाललाई भेटेर आफूले केही कुरा सिक्न पाएको बताएकी छिन् । पछिल्लो समयमा सुरविनालाई कुनै चलचित्र र म्युजिक भिडियो भन्दा पनि अभिनेत्रीले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिरको कारण चर्चामा आउने गरेकी छिन् ।

यस प्रकार मोडल सुरविनाले सार्वजनिक गरेको पोस्ट 

छोटो तर सम्झन लायक एउटा भेट । चलचित्र उद्योगको एक जना त्यस्तो पात्र जसलाई भेट्दा जो केही पनि खुसी मान्छन् । केही न केही  रिय:_लाइज गरेर फर्किन्छन् । अनि म पनि धेरै पटक उहाँसँग भेट्दा केही न केही कुरा सिकेकी छु । केही न केही कुरा दिमागमा छाप बसेको छ । यस  पटक मैले आदरणीय महानायक ज्युलाई सोधेँ, आम मानिसले पढ्नै पर्ने पुस्तक के होला ? उहाँको कस्तो सटिक जवाफ, – ‘पहिला आफैले आफैलाई पढ्नुस् ।’ उहाँले भनेजस्तै लाग्यो, हो, मैले अझै पनि राम्रोसँग आफैलाई अध्ययन गर्न सकेकी छैन ।

प्रकाशित : सोमबार, बैशाख २६, २०७९१६:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ईशा गुप्ताले सार्वजनिक गरिन् मि:_रर से:ल्फी, देखिइन् अहिले सम्मकै फरक शैलीमा !