काठमाडौँ : वैदिक ज्योतिष शास्त्र अनुसार बुध ग्रहले हरेक २३ दिनमा एक राशिबाट अर्को राशिमा प्रवेश गर्छ। तर यसपटक बुधले एउटै राशिमा २ महिनासम्म गोचर गर्नेछ। यस अवधिमा बुध प्रतिगामी हुनेछ। प्रतिमागी चालको अर्थ बुध ग्रह विपरित दिशामा चल्नु हो। वास्तवमा कुनै पनि ग्रह विपरित दिशामा घुम्दैन तर घुमिरहेको पृथ्वीबाट ग्रहको दूरी र ग्रहको आफ्नै गतिको कारण ग्रह उल्टो दिशामा घुमेको प्रतीत हुन्छ। ज्योतिष अनुसार बुधको प्रतिगामी चालको कारण केही राशिका जातकले सावधानी अपनाउनुपर्नेछ। बुध ग्रह वृष राशिमा गोचर गर्नेछ र अस्त भएपछि मार्गी भई अन्तत: मिथुन राशिमा प्रवेश गर्नेछ।
वृष राशिमा बुध ग्रहको प्रतिगामी गोचर बैशाख २७ गते(१० मे) मङ्गलबार साँझ हुनेछ। त्यस्तै बैशाख ३० गते(१३ मे) शुक्रबार दिउँसो अस्त हुनेछ। त्यसपछि जेठ २० गते(३ जुन) शुक्रबार दिउँसो बुध ग्रह मार्गी हुनेछ र असार १८ गते(जुलाई २ तारिख) शुक्रबार बिहान बुध ग्रह मिथुन राशिमा प्रवेश गर्नेछ।
बुधको प्रतिगामी चालबाट यी मानिस सावधान रहनुस् : –
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
बुधको प्रतिगामी गोचरको प्रभावले वृष राशिका जातकहरुलाई स्वास्थ्यमा समस्या आउन सक्छ। यस अवधिमा तपाईको खर्च बढ्नेछ र आर्थिक सङ्कट आइपर्नेछ। कार्यस्थलमा पनि तपाईले चुनौतीहरुको सामना गर्नुपर्नेछ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
कन्या राशिका व्यक्तिहरुलाई कार्यालयमा समस्या आउन सक्छ। परिवारमा पनि कलह हुन् सक्छ। आर्थिक निर्णय लिँदा सावधानी अपनाउनुहोस्। अन्यथा धनहानिको सम्भावना छ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
मकर राशिका जातकलाई बुधको गोचर कष्टदायी साबित हुन् सक्छ। यस अवधिमा तपाईलाई स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ। व्यापार गर्ने जातकले समस्याको सामना गर्नुपर्नेछ।व्यवसायमा बाधा-अवरोध आउन सक्छ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
व्यापार व्यवसाय गर्ने मीन राशिका जातकले यस गोचर अवधिमा अनेक कष्ट भोग्नुपर्नेछ। वैवाहिक जीवनमा पनि समस्या आउन सक्छ। आर्थिक समस्याको सामना गर्नु पर्नेछ।