नाकको आकार हेरेर आफ्नो र अरुको विशेषता र व्यक्तित्व पत्ता लगाउनुहोस्

झट्ट सुन्दा यो अनौठो लाग्न सक्छ , तर यो वास्तवमा सत्य हो ! तपाईको आफ्नो नाकको आकारले तपाईको चरित्र वा विशेषताका बारे धेरै कुरा बताउछ।

यो तथ्य इजरायलको ‘बेन गुरियन विश्वविद्यालयका प्रोफेसर अब्राहम तमिरद्वारा प्रमाणित हो। उनले गरेको अध्ययनको सम्पूर्ण विवरण इजरायलको कार्नियो-फेसियल सर्जरीको जर्नलमा प्रकाशित गरिएको छ। अब तपाई आफ्नो नाकको प्रकार हेरेर आफ्नो बिशेषता/चरित्र जान्नुहोस्। यहाँ हामी ८ प्रकारका फरक फरक नाकहरूको र विशेषताहरु प्रस्तुत गरेका छौँ।

१. न्युबियन नाक : – यो न्युबियन आकारको नाक मुख्यतया लम्बाईको हिसाबले अलि फरक खालको हुन्छ। यस्तो खालको नाकको माथिको भाग लगभग सिधा नै हुन्छ, तर तल नाकको टुप्पो तिरको भाग तलतिर झुकेको हुन्छ। यस प्रकारको नाकको आकार हुने मनिसहरु उत्सुक र खोजिनिति गर्ने खालको हुने गर्दछन्। अनि उनीहरु आशावादी पनि हुन्छन, र सधैँ अरूलाई समायोजित गर्न प्रयास गर्छन। तिनीहरूले हरेक कुरालाइ राम्रो नजरले हेर्ने र सधैं हरेक समस्याको समाधान खोज्ने खालका हुन्छन्।

२. ग्रीक नाक : – यस खालको नाक ग्रीकको प्राचीन शिल्पकलाका मुर्तिको झल्को आउँने खालको भएकोले नै ग्रीक नाक भनिएको हो। यस खालको नाकको आकार साँघुरो लम्बाइ र सिधा हुन्छ। जसले नाकको टुप्पोलाई चुच्चो पार्दछ। यस्तो नाक हुनेहरु एकै ठाउँमा ध्यान केन्द्रित गर्न मन पराउदैनन्। उनीहरू धेरै व्यावहारिक र इमान्दार पनि हुन्छन्। उनीहरु खुलस्तसँग आफ्ना भावना र कुराहरु राख्न गाह्रो मान्ने गर्दछन्।

३. हुक नाक: – यस खालको नाक देख्दा हुक अथवा माछा मर्ने बल्छी जस्तो तल घुमेको हुन्छ। अथवा चराको चुच्चोसँग नाक आकार तुलना गर्नुहोस्। यस्तो नाक हुनेहरु रचनात्मक र आत्म-त्यागी हुन्छन्। उनीहरू आफ्नो विश्वासको रक्षा र आफ्नो लक्ष्यमा पुग्न कुनै जोखिम लिन पनि डराउँदैनन् ।

४.अर्चेड नाक(धनुषाकार नाक) : – यो खालको नाक हेर्दा हुक नाक जस्तै देखिएपनि यो अलि धनुषाकार घुमेको हुन्छ। यो नाक माथिको हड्डी बाट तल नाकको टुप्पो सम्म घुमेको हुन्छ, र टुप्पो एकदम चुच्चा हुन्छ। यो नाक हुनेहरु आफ्नो काम र कर्तव्यसँग सही र संगठनात्मक रुपले गर्न माहिर हुन्छन्।

५ . सानो नाक : – यो नाक धेरै कम मानिसमा पाईन्छ। यो अति सुन्दर र विशिष्ट खालको नाक पनि हो। यो नाक सबै खालका अनुहारमा अति सुहाउने गर्दा छ। यो नाक देख्दा टप्पक मिलाएर बनाएको जस्तो देखिन्छ। यस्तो नाक हुनेहरु गरेकोको निर्णयले प्राय: अरुलाई रिस उठ्ने वा चित्त दुखाउँछ। उनीहरुले आफ्नो निर्णय नै सतप्रतिशत ठिक छ भन्ने खालका जिद्दी गर्छन्। उनीहरु व्यापारमा अब्बल हुन्छन भने आफुले चाहेको जसरी पनि पुरा गर्ने खालका हुन्छन्।

६. सिधा नाक : – यो नाक एसियामा धेरै पाईने नाक हो। यो नाक हुनेहरु सामान्यतया: चाप्लुसी गर्ने खालको हुन्छन। यो नाक हुनेहरु बलियो चरित्र र आत्मविश्वास भएका हुन्छन। यो नाक हुनेहरु रिसाहा र भावुक पनि हुन्छन्। उनीहरु धैर्य गर्न नसक्ने खालका हुन्छन।

७. कन्केभ नाक : – यो नाकको हड्डी सानो हुन्छ । यो सानो नाकको तुलनामा केहि कम सुन्दर देखिए पनि यो पनि झट्ट हेर्दा राम्रो नै देखिन्छ। यस्तो नाक हुने मान्छे उदार मन भएका हुन्छन, र सधैं अरूको समस्याहरूमा मदत गर्न तयार रहन्छन्। उनीहरु समझदार पनि हुन्छन्। त्यसैले पनि उनीहरुलाई अरुले सजिलै चोट पुर्याउन सक्छन्, किनकी उनीहरु सबैलाई छिट्टै बिस्वास गर्दछन्।

८. बाङ्गो नाक : – यो नाकको विशेषगरि टुप्पोको भाग गोलाकार हुन्छ। यस प्रकारको नाक हुनु भन्नु नै मायालु खालको हुनु हो। यो नाक हुनेहरु धेरै सुन्ने र मिठो बोल्ने खालका हुन्छन्। राम्रो र सहयोगी साथी बनाउन माहिर पनि हुन्छन्।

प्रकाशित : सोमबार, बैशाख २६, २०७९१३:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आफूलाई यसरी सुन्दर बनाउँछन् रुसी युवती, संसारकै राम्री युवती हुन्छन् रुसमा