काठमाडौँ : सामुद्रिक शास्त्र अनुसार व्यक्तिको शरीरको हरेक अङ्गले त्यस व्यक्तिबारे केही न केही जानकारी दिन्छ। समुद्र शास्त्रले मानिसको शरीरको अङ्गका रङ्ग र आकार-प्रकारका आधारमा मानिसको गुण, स्वभाव र भविष्य निर्धारण गर्न सकिने बताएको छ। त्यसोभए आज हामी मानिसको कपालको रङ्ग र प्रकारले तपाईको बारेमा के बताउँछ त चर्चा गर्नेछौँ।
१. सुनौलो कपाल भएका व्यक्ति : –
सामुद्रिक शास्त्रका अनुसार सुनौलो रङ्गका कपाल भएका व्यक्ति चलाख र शान्तिप्रिय हुन्छन्। उनीहरु आफ्नो जीवनमा लापरवाह हुन्छन्, तर उनीहरूलाई घर-गृहस्थी सम्हाल्न कुनै समस्या हुँदैन्। साथै सुनौला रङ्ग भएका व्यक्तिहरुमा अलिकति हिचकिचाहट हुनुका साथै आत्मविश्वासको कमी हुन्छ। उनीहरुले कलात्मक विषयहरूमा बढी सफलता प्राप्त गर्छन्।
२. पातलो कपाल भएका व्यक्ति : –
पातलो कपाल भएका मानिसहरु धेरै मायालु र दयालु स्वभावका हुन्छन्। संवेदनशील स्वभावका उनीहरु बोल्न भने सङ्कोच मान्छन्।
३. कालो कपाल भएका व्यक्ति : –
समुद्र शास्त्र अनुसार कालो कपाल भएका व्यक्तिहरुले आफ्नो काम धेरै अनुशासनपूर्वक गर्छन्। उनीहरुको बानीब्होरा पनि सभ्य हुन्छ। तीक्ष्ण बुद्धिका उनीहरु हरेक काम दृढ सङ्कल्पका साथ पूरा गर्छन्। उनीहरुले एकपटक कुनै काममा हात हालेपछि त्यो कामम पूरा गरेर मात्र चैनको साँस फेर्छन्। उनीहरु आफ्नो जीवनमा इमानदारी र सुन्दरतातर्फ बढी आकर्षित हुन्छन्।
४. कोमल र मुलायम कपाल भएका व्यक्ति : –
कोमल र मुलायम कपाल भएका व्यक्तिहरुका स्वभाव निकै प्रभावशाली हुन्छ। सामुद्रिक शास्त्र अनुसार यस्ता व्यक्तिले जीवनमा धेरै सम्पति र सुख-सुविधा प्राप्त गर्छन्।