मे महिना ४ ग्रहले राशि परिवर्तन गर्ने भएको छ । यसमा ३ ग्रहले राशि परिवर्तन गर्ने छन् भने बुध ग्रह उल्टो चालमा हुनेछन् । केही दिनमा हुने ग्रहहरुको राशि परिवर्तनले सबै राशि व्यक्तिको जीवनमा ठूलो प्रभाव पार्नेछ। सबैभन्दा पहिले मे १० मा बुध उल्टो चालमा वृष राशिमा फर्किनेछ। त्यसपछि मे १५ मा सूर्य वृष राशिमा प्रवेश गर्नेछ ।
त्यस्तै मे १७ मा मंगल ग्रह मीन राशिमा प्रवेश गर्नेछ भने मे महिनाको अन्तिम साता २३ मेमा शुक्र मेष राशिमा प्रवेश गर्नेछ। जन्नुहोस मे महिना ग्रह हरुको यस्तो स्थितिले सबै राशिका व्यक्तिलाई शुभ-अशुभ प्रभाव पर्नेछ । जान्नुहोस् कुन राशिलाई कस्तो प्रभाव पर्दछ ।
मेष राशि
मेष राशिका यस्ता व्यक्ति जो व्यापारिक क्षेत्रमा छन्, उनीहरुले यस समयमा नयाँ कामको थालनी गर्न सक्छन् वा काममा ठूलो परिवर्तन गर्न सक्छन् । विद्यार्थीहरूका लागि यो समय राम्रो छ। स्वास्थ्यमा समस्या आउन सक्छ ख्याल गर्नुहोला ।
वृष राशि
वृष राशिका व्यक्तिहरुलाई करियरको लागि यो समय उत्कृष्ट साबित हुनेछ । नयाँ काम मिल्नेछ । आम्दानीमा उल्लेखनीय वृद्धि हुनेछ। व्यवसायीहरूले पनि आफ्ना प्रियजनहरूको सहयोगबाट लाभ उठाउनेछन्।
मिथुन राशि
मिथुन राशिका लागि यो समय करियरमा पनि परिवर्तन ल्याउन सक्छ। यस समयमा मिथुन राशिका व्यक्ति आफ्ना वरिष्ठ अधिकारीहरूसँग बहस गर्नबाट जोगिनु पर्छ। पारिवारिक यात्रामा जान सकिनेछ ।
कर्कट राशि
कर्कट राशिका व्यक्तिहरूले आफ्नो करियरमा प्रगति गर्न सक्छन्। आम्दानी बढ्न सक्छ। सरकार-प्रशासनसँग सम्बन्धित कुनै काम हुन सक्छ। बस्ने, काम गर्ने ठाउँमा परिवर्तन आउन सक्छ।
सिंह राशि
सिंह राशिका व्यक्तिहरूलाई ग्रहहरुको राशि परिवर्तनको कारण यो समयले धेरै खुशी दिन सक्छ। यस समयमा सिंह राशिका व्यक्तिले नयाँ घर-गाडी किन्न सक्छन्। पारिवारिक जीवन राम्रो रहनेछ। आम्दानी बढ्नेछ।
कन्या राशि
कन्या राशिका व्यक्तिलाई यस समयमा धन प्राप्तिको विभिन्न अवसर प्राप्त हुनेछ । व्यापारीहरूको व्यापार टाढा-टाढा फैलिनेछ। रमाइलो यात्रामा जान सकिनेछ । घरका अग्रजको स्वास्थ्यको ख्याल गर्नुहोला ।
तुला राशि
तुला राशिका व्यक्तिहरूले नयाँ कामको प्रस्ताव प्राप्त गर्न सक्छन्। यो परिवर्तनले तुला राशिको जीवनका लागि सुनौलो अवसर साबित हुनेछ। आम्दानीमा पनि ठूलो वृद्धि हुनेछ । लगानी गर्ने वा पुरानो ऋणबाट छुटकारा पाउनको लागि अहिले राम्रो समय हो।
वृश्चिक राशि
घरमा कुनै पनि धार्मिक कार्य हुन सक्छ। कसैको सहयोगले नयाँ काम हात लाग्न सक्छ । बुवाको स्वास्थ्य राम्रो रहनेछ।
धनु राशि
धनु राशिका व्यक्तिहरूले कार्यस्थलमा केही नयाँ जिम्मेवारी पाउन सक्छन्। व्यस्तता बढ्नेछ। लेखनमा संलग्न व्यक्तिको आम्दानीमा वृद्धि हुनेछ । धन लाभ हुनेछ ।
मकर राशि
मकर राशि हुने हरुका लागि यो समय नोकरी व्यवसाय क्षेत्रमा राम्रो रहनेछ । आम्दानी बढ्नेछ, टाढाको ठाउँको यात्रामा जान सकिनेछ । परिवारमा केही समस्या आउन सक्छ, धैर्य र समझदारीका साथ समाधान गर्नुहोस्।
कुम्भ राशि
कुम्भ राशिका व्यक्तिहरूले कार्यस्थलमा सावधानी अपनाउनु आवश्यक छ किनकि यदि सबै कुरा ठिक भएमा राम्रो प्रगति हुने निश्चित छ। तलब पनि बढ्नेछ। पुराना साथीभाइसँगको भेटले मनमा खुसी भरिनेछ।
मीन राशि
यो समय मीन राशिका मानिसहरूलाई कडा परिश्रम गर्नुपर्ने हुन्छ साथ-साथै राम्रो नतिजा पनि दिनेछ। प्रतिष्ठा बढ्नेछ। धन लाभ हुनेछ ।