ज्योतिष शास्त्रमा १२ राशिको बारेमा विभिन्न तरिकाबाट वर्णन गरिएको छ । यस अनुसार केही राशिलाई रुपैयाँ-पैसाको मामलामा धेरै भाग्यमानी भनिएको छ । १२ राशि मध्य केही राशि यस्ता छन् जसलाई माता लक्ष्मीको विशेष कृपा हुने गर्दछ । यी राशिका मानिस जीवनमा धेरै पैसा कमाउँछन् र विलासी जीवन बिताउँछन्। जान्नुहोस् यी भाग्यशाली राशिका व्यक्तिहरू बारेमा जसलाई सधैँ माता लक्ष्मीको कृपा हुने गर्दछ।
यी राशिका व्यक्तिहरु हुन्छन् धेरै धनी
वृष राशि
ज्योतिष शास्त्र अनुसार वृष राशिका मानिसहरुलाई लक्ष्मी माताको विशेष कृपा प्राप्त हुने गर्दछ । उनीहरुलाई जीवनमा पैसाको कहिले अभाव हुँदैन । उनीहरुले आफ्नो मिहिनेतबाट धेरै पैसा कमाउँछन्। साथै हरेक कुरामा सफलता पाउँछन् । उनीहरुले जीवनमा उच्च स्थान पाउँछन् र फरक पहिचान बनाउँछन् । यी व्यक्तिहरू ३० वर्षको उमेरपछि अपार सम्पत्तिका मालिक बन्छन्।
कर्कट राशि
कर्कट राशिका मानिसहरूमा माता लक्ष्मीको कृपा सधैँ रहिरहन्छ। यी व्यक्तिहरू बुद्धिमान हुन्छन् र आफ्नो प्रतिभाबाट ठूलो मात्रामा पैसा कमाउँछन्। यस राशिका व्यक्तिहरूले आफ्नो जीवनमा सबै सुख सुविधा प्राप्त गर्छन्। कडा मिहिनेतले करियरमा ठूलो सफलता प्राप्त गर्दछन् । उनीहरु आफ्नो परिवारको हरेक खुशीको पनि ख्याल राख्छन् ।
सिंह राशि
सिंह राशिका व्यक्तिहरू धेरै राम्रा नेतृत्व गर्न सक्ने क्षमता हुन्छ। यस राशिका मानिसमा सूर्य देवतासँगै देवी लक्ष्मीको पनि कृपा हुन्छ । उनीहरु आफ्नो प्रतिभा, मेहनतले आफ्नो फरक स्थान बनाउँछन् र छोटो समयमा धेरै पैसा कमाउँछन्। यी राशिका मानिसको शौकहरू धेरै ठूला हुन्छन् र आफ्नो जीवनमा धेरै खर्च गर्छन्। तर पनि यस राशिका मानिसको जीवनमा पैसाको कमी हुँदैन । बरु धेरै धनको मालिक बन्छन्।
वृश्चिक राशि
वृश्चिक राशिका मानिसहरुप्रति माता लक्ष्मी सधैँ दयालु हुन्छिन् । अचम्मको कुरा यो हो कि यस राशिका मानिसलाई पैसा कमाउन कडा परिश्रम पनि गर्नुपर्दैन। उनीहरूले सजिलै विलासी जीवन र बैंक ब्यालेन्स प्राप्त गर्छन्। यी मानिसहरु धेरै चलाख हुन्छन् र भाग्यले पनि साथ दिन्छ ।