यदि तपाई पनि कालो धागो लगाउनुहुन्छ, सावधान रहनुहोस् यस्ता विषयमा !

तपाइले धेरै मानिसले गाला, हात, खुट्टा। नाडीमा कालो धागो बढेको देख्नु भएको होला । यस धागोलाई सामान्य मानिसले मात्र नभई धेरै ठूला-ठूला नाम चलेका मानिसले पनि बाँधेको देख्नु भएको होला । यस धोगोको विषयमा ज्योतिष शास्त्रमा पनि केही उल्लेख गरिएको छ । प्राय: नराम्रो नजर र शनि प्रदोषबाट बच्न कालो धागो लगाउने गरेको बताउने गरिन्छ ।

पछिल्लो समयमा केही मानिसहरु यस्ता छन् जो यसलाई फेसनको रुपमा लगाउँछन् । त्यस्तै केही व्यक्तिहरू छन् जसले यसलाई अर्को व्यक्तिको सल्लाहमा लगाउँछन्। यसलाई लगाउनुका धेरै फाइदाहरू छन् तर यसको प्रभाव राम्रो होस् भनेर लगाउँदा केही सावधानी अपनाउनु आवश्यक छ।

ज्योतिष शास्त्रका अनुसार शनिबार कालो धागो बाँध्नु निकै शुभ मानिन्छ । कालो धागोमा नौ गाँठो बाँधेर मात्र लगाउनु पर्छ । मन्त्र जप गरेको कालो धागो लगाउनु शुभ मानिन्छ  । त्यस्तै कालो धागो लगाएपछि कम्तीमा २१ पटक शनिदेवको मन्त्रको जप गर्नुपर्छ ।

विशेष गरेर मंगलबार कालो धागो बाँध्दा आर्थिक लाभ हुने मान्यता रहेको छ  । यस दिन दाहिने खुट्टामा कालो धागो बाँध्दा मानिसको जीवनमा सुख-समृद्धि आउँछ। त्यस्तै पेट दुख्ने समस्या भएका व्यक्तिले खुट्टाको बुढी औंलामा कालो धागो बाँध्नु शुभ मानिन्छ ।

कालो धागो बाँधिएको हातमा अन्य रंगको धागो बाँध्नु हुँदैन। त्यसतै घरमा  जहिले कलह हुन्छ भने घरको ढोकामा कालो धागोमा कागती  बाँध्नुहोस् ताकि दुष्ट शक्तिहरू घरमा पस्न नपरोस्। घरको कुनै सदस्यको रोग प्रतिरोधी क्षमता कम भएमा शनिबार हनुमानको मूर्तिको खुट्टामा कालो धागो लगाइ सिन्दूर लगाइदिँदा रोगसँग लड्ने क्षमता बढ्छ ।

यदि घरमा धनको कमी छ भने मंगलबारको दिन दाहिने खुट्टामा कालो धागो बाँध्नुहोस् । धन सम्बन्धी सबै समस्या हट्नेछ । अरुको नराम्रो नजरबाट टाढा रहन चाहनुहुन्छ भने हात, खुट्टा, घाँटी आदिमा यो धागो लगाएर आफूलाई सुरक्षित राख्न सक्नुहुन्छ।

प्रकाशित : आइतबार, बैशाख २५, २०७९१६:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जीवनमा सफलता र धन प्राप्तिको लागि गर्नुहोस् शिवलिंगको यस्ता उपाय !