धार्मिक मान्यता अनुसार भगवान शिवलाई प्रसन्न पार्न विभिन्न उपायको बारेमा उल्लेख गरिएको छ । भगवान शिवको हरेक पूजाको आ–आफ्नै महत्व हुन्छ । कोही यस्ता उपाय छन् जसमा भगवान शिवलाई जल चढाएर मात्र भगवान शिवको आशीर्वाद पाउँछन् भने कोही व्रत बसेर महादेवलाई प्रसन्न पार्ने प्रयास पर्न पर्ने हुन्छ ।
त्यस्तै शिवलिंगमा जलाभिषेक, दूध अभिषेक, बेलपत्र आदि चढाएर पनि भगवानको कृपा प्राप्त गर्न सकिन्छ। सोमबार भगवान शिवको नाममा समर्पित हुने गर्दछ । संयम, निश्चय र नियम अनुसार भगवान शिवको आराधना गर्नाले व्यक्तिको हरेक मनोकामना पूरा हुने जनविश्वास छ । साथै आफ्नो व्यक्तिगत समस्याबाट छुटकारा पाउन, धन प्राप्ति वा सुख-समृद्धि प्राप्तिका लागि सोमबार शिव पूजाका केही उपायको बारेमा वर्णन् गरिएको छ । जसको मानिसको सबै समस्या हट्छ ।
सुख र समृद्धि प्राप्तिको लागि
ब्रह्माण्डको संहारक भगवान् महादेवको आशीर्वाद र वांछित फलको लागि नियमित पूजा गर्नु उचित हुन्छ । ज्योतिष शास्त्र अनुसार पूजाको व्यवस्था तोकिएको समयमा भनिएको छ । एकै समयमा भगवानको पूजा गर्नाले विशेष फल प्राप्त हुन्छ।
धन प्राप्तिको लागि
यदि तपाई आर्थिक समस्याले सताइ रहेको छ र पैसा चाहिएको छ भने रातको समयमा शिवलिङ्गको छेउमा दियो बाल्नुहोस् । यस कार्यलाई नियमित ४१ दिनसम्म गर्नुपर्छ। सच्चा मनले राति घिउको दियो बाल्दा घरमा धनसम्पत्तिले भरिपूर्ण हुन्छ र व्यक्तिको सबै आर्थिक समस्या नष्ट हुन्छ ।
व्यक्तिगत समस्याबाट छुटकारा पाउन
भगवान शिवलाई लयालु भगवान मध्य एक मानिन्छ । साँचो मनले भगवान शिवको आराधना गरे कुनै पनि काममा सफलता मिल्ने जनविश्वास छ । साथै शिवलिंगमा बेलपत्र, भांग, धतुरो, दूध र जलले अभिषेक गरेमा भगवान शिवले सबै व्यक्तिगत समस्याहरू अन्त्य गरिदिने मान्यता रहेको छ ।
पितृवादबाट मुक्ति पाउन
पितृदोषको कारण मानिसको जीवनमा विभिन्न बाधा उत्पन्न हुन्छ । यस दोषबाट छुटकारा पाउन सोमबार चामल र कालो तिल मिसाएर दान गर्दा लाभ मिल्नेछ यस उपाय गर्नाले पितृदोषबाट मुक्ति मिल्नेछ र जीवनमा उन्नतिको बाटो खुल्नेछ।