अबको ६ दिनपछि यी राशिको भाग्य सूर्य जस्तै चम्किने, हुनेछ निकै शुभ !

सबै नौ ग्रहहरूमा सूर्यलाई ग्रहहरुको राजाको दर्जा प्राप्त छ। यदि कुण्डलीमा सूर्यको स्थिति बलियो छैन भने, व्यक्तिले जीवनमा कीर्ति, सफलता र शुभ फल प्राप्त गर्न सक्दैन। त्यस्तै, यसको बलियो स्थितिले व्यक्तिलाई करियरमा सफलताको उचाइमा लैजान्छ। यो ग्रहलाई एक राशिबाट अर्को राशिमा जान करिब ३० दिन लाग्छ। जेठ १ गते सूर्य वृष राशिमा प्रवेश गर्नेछ। जहाँ एक महिनासम्म बस्नेछ। यस गोचरको प्रभावको कारण, धेरै मानिसहरूले राम्रो लाभ प्राप्त गर्न सक्छन्।

कर्कट राशि 

यस राशिका व्यक्तिलाई धन आर्जनमा सफलता मिल्नेछ। कतैबाट अचानक धन प्राप्ति हुनसक्छ। यस अवधिमा गरिएको लगानीबाट भविष्यमा राम्रो प्रतिफल प्राप्त हुने प्रबल सम्भावना छ। नयाँ व्यापार सुरु गर्नको लागि समय अनुकुल रहेको छ। सरकारी जागिरको प्रतिक्षामा रहेका यस राशिका व्यक्तिहरुलाई यस अवधिमा शुभ समाचार प्राप्त हुन सक्छ।

धनु राशि 

यो राशिका लागि यो समय निकै लाभदायक साबित हुनेछ। राम्रो धन आर्जनमा सफलता मिल्नेछ। जागिरको खोजीमा रहेकाहरूका लागि यो समय निकै अनुकूल साबित हुनेछ। भाग्यले सबै कुरामा साथ दिनेछ। वैदेशिक यात्राको शुभ अवसर मिल्न सक्छ। बुवासँगको सम्बन्ध राम्रो रहनेछ।

मीन राशि 

यस राशिका व्यक्तिहरुलाई व्यावसायिक जीवनमा सफलता मिल्नेछ। विदेश यात्राको शुभ योग बन्न सक्छ। यो समयमा मिहिनेतको उचित फल मिल्ने देखिन्छ। तपाईंको करियरलाई अगाडि बढाउने दिशामा तपाईंको प्रयास उत्कृष्ट हुनेछ। धनलाभको शुभ योग रहेको छ। भाग्यवृद्धिको योग बन्नेछ। परिवारको हरेक काममा पूर्ण सहयोग मिल्नेछ।

प्रकाशित : आइतबार, बैशाख २५, २०७९१३:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मीन राशिमा मंगल देव प्रवेश: यी ३ राशिमा हुनेछ मंगल देवको कृपा, प्राप्त हुनेछ अपार धन !