यस राशिमा लाग्दै वर्षको पहिलो चन्द्र ग्रहण, महिना दिनसम्म देखिनेछ प्रभाव, रहनुहोस् सावधान !

यस वर्षको पहिलो चन्द्र ग्रहण बैशाख १६ गते लाग्ने भएको छ । सन् २०२२ को पहिलोमा दुई पटक चन्द्र ग्रहण लाग्ने भएको छ । पहिलो मे महिनामा लाग्ने छ भने अर्को नोभेम्बर महिनामा लाग्ने भएको छ । अब केही दिनमा लाग्ने चन्द्र ग्रहण नेपालबाट भने देख्न सकिने छैन । जब पृथ्वी सूर्य र चन्द्रमाको बिचमा आउँछ र पृथ्वीको छाया चन्द्रमामा पर्छ, त्यसलाई चन्द्र ग्रहण भनिन्छ।

ज्योतिष शास्त्रको अनुसार यस वर्षको पहिलो चन्द्र ग्रहण आगामी मे महिनाको १६ तारिकमा वृश्चिक राशिमा लाग्दैछ । त्यसैले यस राशिका मानिसहरुमा यसको विशेष प्रभाव पर्ने देखिनेछ । ग्रहण बिहान ७:०२ बजेदेखि दिउँसो १२:२० बजेसम्म लाग्ने भएको छ तर यो ग्रहण नेपालमा मान्य हुने छैन।

तर यसको प्रभाव राशिमा अशुभ-शुभ प्रभाव देखिनेछ । वृश्चिक राशिका व्यक्तिहरूमा यसको प्रभाव लामो समयसम्म रहनेछ, त्यसैले यो समयमा विशेष सावधान हुनु आवश्यक छ।

वृश्चिक राशिमा पर्नेछ चन्द्र ग्रहणको प्रभाव

ज्योतिष शास्त्रका अनुसार यस पटक चन्द्र ग्रहण वृश्चिक राशिमा लाग्ने भएको छ । यो समयमा यस राशिका व्यक्तिले विशेष सावधानी अपनाउन आवश्यक छ। यो राशिका व्यक्तिको व्यापारमा बाधा आउन सक्छ । त्यसैले चन्द्र ग्रहण पछि केही समय लेनदेनमा विशेष ध्यान दिनुहोला ।

रोजगारीमा जानेहरुले पनि धेरै समस्याको सामना गर्नु पर्नेछ । यस राशिका मानिसहरुले धेरै व्यक्तिगत समस्याहरुको सामना गर्नु पर्ने हुन्छ । उदाहरणका लागि, शारीरिक रोग, मानसिक रोग र अन्य धेरै प्रकारका समस्याहरूले घेरेको हुन सक्छ।

चन्द्र ग्रहणको समयमा नगर्नुहोस् यस्ता काम
सन् २०२२ को पहिलो चन्द्र ग्रहण वृश्चिक राशिमा लाग्दैछ । त्यसैले यस राशिका व्यक्तिहरूले केही समय सावधानी अपनाउन जरुरी छ । यस समयमा कुनै पनि काम हतारमा नगर्नु उचित हुनेछ। हतारमा कुनै निर्णय नगर्नुहोस् र व्यापार आदिमा सावधानी अपनाउनु आवश्यक छ।

प्रकाशित : आइतबार, बैशाख २५, २०७९१२:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अबको ६ दिनपछि यी राशिको भाग्य सूर्य जस्तै चम्किने, हुनेछ निकै शुभ !