शनि देवले अप्रिल २९ तारिकमा आफ्नो राशि परिवर्तन गरेको छ । अब शनि देव २०२५ मार्च २९ सम्म शनि कुम्भ राशिमा रहनेछन् । फेरी जुन ५ शनि यस राशिमा उल्टो चालमा हुनेछन् र अक्टोबर २३ सम्ममा पुरानै अवस्थामा रहनेछन् । शनिको यो उल्टो चालले सबै राशिका व्यक्तिहरूमा सकारात्मक-नकारात्मक प्रभाव पार्नेछ। तर मुख्यतया ४ राशिका मानिसहरु शनिको यस चालबाट प्रभावित हुनेछन् ।
कर्कट राशि
कर्कट राशिका व्यक्तिहरुलाई अहिले शनिको प्रभाव परिरहेको छ । तसर्थ शनिको यो चाल कर्कट राशिका व्यक्तिलाई कष्ट वृद्धि हुन सक्छ। हरेक काममा सावधानी अपनाउनु होला । यस अवधिमा आर्थिक समस्या आउन सक्छ। सवारी दुर्घटनाको सम्भावना छ । धनको मामिलामा विशेष ध्यान दिनु पर्ने देखिन्छ।
वृश्चिक राशि
वृश्चिक राशिका लागि अहिले शनिको ढैय्या चलिरहेको छ। शनिदेवको यो चालले वृश्चिक राशिका व्यक्तिलाई पीडा बढाउन सक्छ । करियर जीवनमा धेरै कठिनाइहरूको सामना गर्नुपर्ने हुन सक्छ। शत्रुहरू हाबी हुने प्रयास गर्नेछन्। कसैसँग झगडा हुने सम्भावना भएको हुँदा सावधान रहन सल्लाह दिइन्छ।
मकर राशि
अहिलेको समयमा यस राशिमा शनिको साढे सतीको दशा चलिरहेको छ। शनिको उल्टो गतिमा मकर राशिका व्यक्तिलाई थप सतर्क रहन सल्लाह दिइन्छ। विशेष गरी कार्यस्थलमा काम गर्दा विशेष ख्याल गर्नुपर्नेछ। कसैले काम बिगार्ने प्रयास गर्न सक्छ। बुद्धिमानीपूर्वक पैसा खर्च गर्नुहोस् अन्यथा आर्थिक अभावमा पर्न सकिन्छ ।
कुम्भ राशि
यस राशिका लागि शनिको साढे सातिको दोस्रो चरण चलिरहेको छ। यस चरणमा धेरै बाधाहरू सामना गर्नु पर्ने हुन सक्छ । शनिको उल्टो चालको अवधिले कष्ट झनै बढाउन सक्छ। अचानक धन हानि हुने सम्भावना छ । सावधान रहन सल्लाह दिइन्छ। कसैलाई आँखा चिम्लिएर विश्वास नगर्नुहोस्।
मीन राशि
मीन राशिका लागि शनिको साढे सतीको प्रथम चरण चलिरहेको छ। शनिको उल्टो चालले यस राशिका व्यक्तिलाई अनुकूल देखिँदैन। हरेक कुरामा सावधानी अपनाउनुपर्नेछ। यात्रामा हानिको सम्भावना छ । अचानक, कुनै पनि काम गर्दा गलत निर्णय हुन सक्छ। व्यापारमा घाटा हुन सक्छ ।