काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा ग्रहहरुका चालको विशेष महत्व छ। ग्रह-नक्षत्रको चालको प्रभाव सबै १२ वटै राशिहरुमा पर्छ। ग्रहहरुका चालबाट केही राशिहरुले शुभ फल प्राप्त गर्दछन् भने केही राशिलाई अशुभ फल प्राप्ति हुन्छ। ग्रहहरुका चालबाट नै साप्ताहिक राशिफलको आँकलन गरिन्छ। वि.सं. २०७९ सालको पहिलो महिना बैशाखको अन्तिम साता(बैशाख २५ गतेदेखि बैशाख ३१ गतेसम्म) ग्रहहरुका चालले गर्दा केही राशिका लागि अत्यन्तै शुभ हुनेछ भने केही राशि सावधान रहनुपर्नेछ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
तपाई आत्मविश्वासले भरिपूर्ण रहनुहुनेछ, तर संयमित रहनुहोस्। आलस्य बढ्नेछ। घर-परिवारको सुख-सुविधामा विस्तार हुनेछ। जीवनसाथीसँग मनमुटाव हुन् सक्छ। कार्यक्षेत्रमा परिवर्तनको सम्भावना छ। परिश्रम धेरै हुनेछ। माताको साथ र सहयोग प्राप्त हुनेछ। लाभमा वृद्धिको सम्भावना छ। जागिरमा उच्च अधिकारीको साथ-सहयोग पाउनुहुनेछ। काममा कडा मेहनत गर्नुपर्नेछ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
बोलीमा कठोरताको भाव हुनेछ। कुराकानीमा संयमित रहनुहोस्। वस्त्र आदिप्रति झुकाव बढ्नेछ। आमासँग मतभिन्नता हुन सक्छ तर धनसम्पत्तिमा पनि वृद्धि हुनेछ। काममा अधिकारीको सहयोग पाउनुहुनेछ। प्रगतिका मार्ग प्रशस्त खुल्नेछन्। सञ्चित धनमा वृद्धि हुने सम्भावना छ। नोकरीमा उन्नतिको मार्ग प्रशस्त हुनेछन्। वाहन सुखमा वृद्धि हुनेछ। स्थान परिवर्तनको सम्भावना छ।