अथाह धन-सम्पत्ति दिलाउँछ कुबेरको यस मन्त्रले, जप गर्नाले हट्छ आर्थिक अभाव !

धार्मिक मान्यता अनुसार माता लक्ष्मी र कुबेरलाई धनको स्वामी मानिन्छ। जुन व्यक्तिलाई धन दाता कुबेर देवरको आशीर्वाद प्राप्त हुन्छ त्यस्ता  व्यक्तिलाई जीवनमा कहिले धन-धान्यको कमी नहुने मान्यता रहेको छ । भगवान कुबेर देवका यस्ता प्रभावकारी मन्त्रहरूको यस प्रकार छन् जसले जीवनमा धन सम्बन्धी आएका हरेक समस्याको समाधान हुन्छ ।  यी मन्त्रको जप गर्नाले जीवनमा गरिबी हट्ने विश्वास रहेको छ । साँचो मनले यी मन्त्रहरूको जप गर्ने व्यक्तिलाई कहिल्यै आर्थिक समस्याको समान गर्न नपार्ने बताएको छ।

कुबेर देवताको अद्भुत मन्त्र: यी मन्त्र कुबेर देवताको प्रिय मानिन्छ। यस ३५ अक्षरी मन्त्रका ऋषि विश्रव र श्लोकहरू महान् छन्। यस मन्त्रको लगातार तीन महिना जप गरे जीवनमा धन र अन्नको कमी नहुने जनविश्वास रहेको छ । मन्त्र यस प्रकार छ-

ॐ यक्षाय कुबेराय वैश्रवणाय धनधान्याधिपतये
धनधान्यसमृद्धिं मे देहि दापय स्वाहा॥

मन्त्र जप गर्ने विधि:
यस मन्त्रलाई दक्षिणतर्फ फर्काएर १०८ पटक जप गर्नुहोस्।
मन्त्र जप गर्दा धनलक्ष्मीको कौडालाई आफ्नो साथमा राख्नुहोस्।
बेलको रुखमुनि बसेर यो मन्त्रको १ लाख पटक जप गर्दा आर्थिक संकट हट्ने जनविश्वास छ ।

अष्टलक्ष्मी कुबेर मन्त्र:
यो मन्त्र देवी लक्ष्मी र कुबेरको मन्त्र हो। भनिन्छ कि जसले यो मन्त्रलाई सच्चा मनले जप्छ, उसको जीवनको सबै समस्या हट्छ। यस मन्त्रको जप गर्नाले जीवनमा धन, पद, प्रतिष्ठा, सौभाग्य प्राप्त हुन्छ। यो मन्त्रको जप  मुख्यतया शुक्रबार राति गर्नु शुभ मानिन्छ । मन्त्र यस प्रकार छ-  ॐ ह्रीं श्रीं क्रीं श्रीं कुबेराय अष्ट-लक्ष्मी मम गृहे धनं पुरय पुरय नमः

धन प्राप्तिको लागि कुबेरको मन्त्र
कुबेरको यो मन्त्रको जप गर्नाले सबै भौतिक सुख प्राप्त हुन्छ। पैसा र खानेकुराको जीवनमा कहिले कमी हुँदैन । यस्तो अवस्थामा कुबेर देवको धन प्राप्ति मन्त्रको नियमित जप गर्नाले आर्थिक संकटको सामना गर्नु पर्दैन । मन्त्र यस प्रकार छ- ॐ श्रीं ह्रीं क्लीं श्रीं क्लीं वित्तेश्वराय नमः

प्रकाशित : शुक्रबार, बैशाख २३, २०७९१७:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

श्रीमतीलाई निकै माया गर्ने यस यस राशिका श्रीमान्, बन्छन् सर्वश्रेष्ठ जीवनसाथी !