कुनै पनि ग्रहको राशि परिवर्तन सबै १२ राशिका व्यक्तिलाई शुभ-अशुभ पर्ने गर्दछ । शनि देवलाई न्याएको देवता भनिन्छ । शनि देव कुनै पनि राशिका मानिस प्रति दयालु भएमा उसलाई राजा समान बनाउँछ। भने शनिको अशुभ दृष्टिले व्यक्तिको विनाश गर्छ। ज्योतिष शास्त्रका अनुसार मकर र कुम्भ राशिको शासक ग्रह शनिदेव हुन् ।
जब शनि राशि परिवर्तन गरेर कुनै राशिमा विराजमान हुन्छन् त्यस समयमा त्यस राशिका मानिसलाई त्यो समय निकै भारी साबित हुनेछ । शनि देव सन् २०२५ सम्म कुम्भ राशिमा बस्दै छन् । र तबसम्म कुम्भ राशिका लागि यो समय निकै कष्टदायी हुने भएको छ । यस दिनबाट कुम्भ राशिका मानिसहरूमा शनिको साढे साती लागू भएको थियो र अप्रिल २९, २०२२ मा शनिले आफ्नो राशि परिवर्तन गरे लगत्तै कुम्भ राशिका मानिसहरूमा शनिको साढे साढे सातीको दोस्रो चरण सुरु भएको थियो।
जब कुनै पनि व्यक्तिलाई शनिको प्रभाव सुरु हुन्छ तब व्यक्तिको कुण्डलीमा शनि बल बलियो स्थितिमा छ भने समय व्यक्तिका लागि विशेष फलदायी साबित हुन सक्छ। ज्योतिषीहरुका अनुसार शनिको आवस्यक छैन कि जब शनिको प्रभाव सुरु हुन्छ तब व्यक्तिमामा नकारात्मक प्रभाव नकारात्मक प्रभाव नै पर्न जरुरी छैन ।
यी प्रभावहरू शुभ पनि साबित हुन सक्छन्। यदि कुण्डलीमा शनि बलवान स्थितिमा छ भने व्यक्तिलाई शनि साढे साती र शनि ढैय्यामा लाभ मिल्नेछ।शनिको कमजोर स्थितिले व्यक्तिलाई समस्याले घेर्नेछ।