अबको केही दिनपछि मेष र सिंह सहित यी ६ राशिको भाग्य सूर्य जस्तै चम्किने, कुन-कुन ?

सूर्य देव सन् २०२२ मे महिनाको १५ तारिख आइतबार बिहान ०५:४५ बजे वृष राशिमा राशि परिवर्तन गने भएका छन् सूर्य देव जुन महिनाको १५ तारिखमा १२:१९ बजे वृष राशिबाट मिथुन राशिमा परिवर्तित हुनेछन्। अर्थात् जुन १५ सम्म सूर्य वृष राशिमा रहनेछ । जान्नुहोस् सूर्य राशि परिवर्तनले कुन ६ राशिलाई शुभ प्रभाव पर्ने भएको छ । कुन-कुन ?

मेष राशि

सूर्य देव मेष राशिको दोस्रो घरमा गोचर हुनेछ। यो राशि परिवर्तन मेष राशिका मानिसलाई आर्थिक रूपमा लाभदायक साबित हुनेछ। यस समयमा पारिवारिक विवादबाट टाढा रहनु पर्नेछ। करियरमा सफलता मिल्नेछ । नयाँ धन सृजनामा ​​सफलता मिल्नेछ ।

वृष राशि

सूर्य  देवको यस राशि परिवर्तन वृष राशिको पहिलो घरमा हुनेछ । यो समयमा काममा बढुवा मिल्नेछ । व्यापार व्यवसायमा मिहिनेतको फल मिल्नेछ । करियरमा सफलता मिल्नेछ । आर्थिक स्थितिमा सुधार आउनेछ । परिवारमा खुसीको वातावरण रहनेछ।

कर्कट राशि

सूर्य देव कर्कट राशिको ११ औँ घरमा प्रवेश गर्नेछ। यस पारगमनको प्रभावले कर्कट राशिको आर्थिक पक्ष बलियो हुनेछ। नोकरीमा पदोन्नतिको सम्भावना छ । व्यापारमा लगानी गर्दा लाभ मिल्नेछ । मान-सम्मानमा वृद्धि हुनेछ।

सिंह राशि

सूर्य देव सिंह राशिको दशौँ घरमा प्रवेश गर्नेछन् । सूर्य राशि परिवर्तनको प्रभावले सिंह राशिका व्यक्तिको कार्यस्थलमा मान-सम्मान मिल्नेछ। काममा उन्नतिको सम्भावना छ । यात्राको योग पनि बनिरहेको छ ।

कन्या राशि

सूर्य कन्या राशिको राशिको नवौँ घरमा प्रवेश गर्नेछन्। यो समयमा भाग्यको साथ मिल्नेछ। काम गर्नेहरुले नयाँ अवसर प्राप्त गर्नेछन् । व्यापारीहरूले नाफा कमाउनेछन्। घरपरिवारमा माङ्गलिक कार्य गर्न सकिनेछ ।

मीन राशि 

मीन राशिका व्यक्तिहरूको तेस्रो घरमा सूर्यले राशि परिवर्तन  गर्नेछन् । यस अवधिमा मीन राशिका  व्यक्तिको रोकिएको काम पूरा हुनेछ।  पुरानो विवाद समाधान हुनेछ। नयाँ कामको अवसर मिल्नेछ। व्यापार व्यवसायमा मिश्रित प्रतिफल प्राप्त गर्न सकिनेछ ।

प्रकाशित : शुक्रबार, बैशाख २३, २०७९११:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अबको १० दिनमा चन्द्र ग्रहण लाग्दै, यी राशि र नक्षत्रका व्यक्तिलाई बढी प्रभाव पर्ने ?