बैशाख २३ गतेको राशिफल : शुक्रबार कुनै ठूलो काम बन्न सक्छ, मिल्नेछ आशातीत सफलता

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। वि.सं.२०७९ बैशाख २३ गते शुक्रबार हो। शुक्रबार बैशाख महिनाको शुक्लपक्षको पञ्चमी तिथि हो।

बैशाख २३ गते ग्रह-नक्षत्रका स्थितिका कारण धेरै राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका जातकले कठिनाईको सामना गर्नुपर्नेछ।शुक्रबारको दिन माता लक्ष्मीलाई समर्पित हुन्छ। यसैकारण शुक्रबारको दिन माता लक्ष्मीको विधि-विधानपूर्वक पूजा-अर्चना गरिन्छ। शुक्रबारको दिन कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल : –

बैशाख २३ गतेको पञ्चाङ्ग र राशिफल : ।।। दिन – शुक्रबार(Friday)।।। नक्षत्र – आर्द्रा , ७:०९ बजे उप्रान्त पुनर्वशु ।।। तिथि – पञ्चमी , ९:४८ बजे उप्रान्त षष्ठी ।।। करण – वालव ९:४८ बजेदेखि कौलव , २२:४८ बजे उप्रान्त वणिज ।।। योग –धृति , १७:११ बजे उप्रान्त शूल ।।। बैशाख २३, २०७९, शुक्रबार ।।। ६ मे, सन् २०२२ ।।। पञ्चमी, बैशाख शुक्लपक्ष ।।। बछलाथ्व, ११४२ ने.सं. ।।। सूर्योदय(sunrise) – ५: २३ ।।। सूर्यास्त(sunrise) – १८:४० ।।। शुभ साइत : – रुद्री गर्ने साइत, होम गर्ने साइत, पास्नी गर्ने साइत, ब्रतबन्ध गर्ने साइत।।।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

आर्थिक तथा व्यवसायिक हिसाबले दिन शुभ रहनेछ। आर्थिक लाभ मिल्ने सम्भावना उच्च छ। शारीरिक तथा मानिसक स्वास्थ्य पनि राम्री रहनेछ। व्यापार व्यवसाय बिस्तार हुनुका साथै लाभ मिल्ने देखिन्छ। सामाजिक कार्यमा तपाईंको संलग्न बढ्नेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

व्यक्तिहरूसँग मैत्रीपूर्ण सम्बन्ध हुनेछ। बौद्धिक छलफल वा बहसमा सफलता प्राप्त हुनेछ। पढ्न र लेख्नको लागि चासो बढ्नेछ। विद्यार्थीहरूको लागि समय अनुकूल रहनेछ। परिश्रमको अनुपातमा कम सफलता मिल्नेछ। स्वास्थ्यमा समस्या देखा पर्न सक्छ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

नयाँ कार्य सुरु गर्न वा कुनै महत्वपूर्ण निर्णय लिन दिन शुभ छैन। तपाईं आमा वा महिलाहरूको मामलामा बढी संवेदनशील बन्नुहुनेछ। मानिसक तनाब रहनेछ। शारीरिक अस्वस्थता रहनेछ। सम्भव छ भने यात्रा स्थगित गर्नुहोस्। यस दिन पानी वा अन्य तरल पदार्थसँग सावधान रहनुहोस्।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

नयाँ कार्य प्रारम्भ गर्नको लागि दिन अत्यन्त शुभ रहनेछ। मित्र तथा आफन्तसँगको रमणीय भेटघाटले मन प्रशन्न रहनेछ। छोटो यात्राको सम्भावना छ। आर्थिक लाभ तथा समाजमा क्षेत्रमा सम्मान प्राप्त हुनेछ। शत्रु पराजित हुनेछन्। प्रिय व्यक्तिसँग भेट हुनेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ। तपाईले निर्धारित कार्यमा सफलता पाउनुहुनेछ। अत्यधिक सोचले दिमागमा भ्रम पैदा गर्नसक्छ। स्त्री मित्रबाट भरपूर साथ सहयोग मिल्नेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

व्यापारको हिसाबले दिन लाभदायक साबित हुनेछ। शारीरिक तथा मानिसक रूपले तपाईं स्वस्थ रहनुहुनेछ। आफन्तहरूसँग भेटले मन प्रशन्न रहनेछ। धन लाभ मिल्ने सम्भावना उच्च छ। रमणीय यात्राको योग बन्ने देखिन्छ। कार्यक्षेत्रमा सफलता मिल्नेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

वाणी तथा व्यवहारमा संयम राख्न जरूरी देखिन्छ। आय भन्दा खर्चको मात्रा बढी हुनाले आर्थिक पक्ष कमजोर रहनेछ। आफ्नो स्वास्थ्यको विशेष ध्यान दिनुहोस्। कार्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग असन्तुष्ट रहन सक्छन्। आर्थिक स्थिति कमजोर रहला।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

परिवारक जीवन सुख-शान्तिमय रहनेछ। पत्नी तथा छोराबाट शुभ समाचार मिल्नेछ। मांगलिक कार्यमा संलग्न हुने मौका मिल्नेछ। आयमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ। साथी-भाईसँग रमणीय यात्राको सम्भावना छ। स्त्री मित्रबाट विशेष लाभ मिल्नेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

आर्थिक र व्यापारिक कार्यक्रम आयोजना गर्नका लागि दिन शुभ रहनेछ। हरेक काम सफलतापूर्वक सम्पन्न हुनेछ। मनमा परोपकरी भावना रहनेछ। कार्यक्षेत्रमा पदोन्नतीको योग रहेको छ। सामाजिक क्षेत्रमा मान-सम्मानमा वृद्धि हुनेछ। पारिवारिक जीवन आनन्दमय रहनेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

तपाईंको लागि यस दिन मिश्र फलदायी साबित हुनेछ। लेखन तथा साहित्य क्षेत्रमा मन लाग्नेछ। शारीरिक थकान तथा मानसिक तनाब रहन सक्छ। सन्तान सम्बन्धि विषयले मन चिन्तित रहला। उच्च अधिकारीहरू वा प्रतिस्पर्धीहरूसँग अनावश्यक चर्चामा प्रवेश गर्नु फाइदाजनक हुँदैन।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

नकारात्मक सोच मनमा निराशा पैदा गर्न सक्छ। यस समयमा तपाईं मानसिक उत्तेजना र क्रोधको भावना अनुभव गर्नुहुनेछ। खर्च बढ्नेछ। परिवारका सदस्यसँग मनमुटाव हुनसक्छ। वाणीमा संयम राख्नुहोस्। स्वास्थ्य बिग्रन सक्छ, सजग रहनुहोला।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

व्यापार व्यवसाय क्षेत्रमा समय अत्यन्त शुभ रहनेछ। दाम्पत्य जीवनमा पति पत्नीबीच निकटता बढ्नेछ। साथी-भाई तथा आफन्तसँग रमणीय भेटघाट हुने सम्भावना छ। प्रेमीहरूबीचको रोमान्स प्रगाढ हुनेछ। सार्वजनिक जीवनमा प्रसिद्धि बढ्नेछ। उत्कृष्ट वैवाहिक आनन्द प्राप्त हुनेछ।

प्रकाशित : बिहिबार, बैशाख २२, २०७९२०:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सन् २०२५ सम्म राशिको जीवन उथलपुथल बनाउँदै छन् शनि देव, कष्टदायी रहनेछ समय !