काठमाडौँ : ज्योतिष शास्त्र अनुसार सबै नवग्रहले मेष देखि मीन राशिसम्मलाई प्रभाव पार्छ। यी १२ राशिहरुमा ग्रहहरुका शुभ-अशुभ प्रभाव पर्छ। ज्योतिषाचार्यहरूका अनुसार मायावी ग्रह राहुले केही राशिको भाग्य रातारात चम्काउँदैछ। जान्नुहोस् ती राशिका बारेमा…
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
राहुलाई अचानक घट्ने घटनाको कारम मानिन्छ। मिथुन राशिमा राहु उच्च हुन्छ। मिथुन राशिका जातकले राहुको प्रभावबाट उत्तम फल प्राप्त गर्दछन्। यस्ता मानिसहरुले जीवनमा अचानक प्रगति गर्छन्। लोट्टरी या अचानक धन प्राप्तिको योग बनेको छ। यस राशिका मानिसहरुले अचानक सफलता हासिल गर्छन्। मिथुन राशिका जातकहरुले राहुलाई प्रसन्न पार्ने उपाय अपनाउनुपर्छ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
मकर राशिलाई राहुले विशेष फल प्रदान गर्छ। मकर राशिको स्वामी ग्रह शनिदेव हो। शनिलाई कर्मफलदाता बताइन्छ। ज्योतिष अनुसार कठिन परिश्रम गर्ने जातकले राहुको तर्फबाट शुभ फल प्राप्त गर्छन्। राहुको प्रभावले यी राशिले उच्च पद या ठूलो लाभ पाउँछन्। त्यसैले आफ्नो वाणी र सङ्गतलाई सुधार्न आवश्यक देखिन्छ।
राहु ग्रहलाई प्रसन्न पार्ने उपाय : –
राहुलाई प्रसन्न पार्नको लागि मिथुन र मकर राशिका जातकले शनिबार व्रत राख्नुपर्छ। यसका साथै भगवान शिवको विधि-विधानपूर्वक पूजा गर्नुपर्छ। मन्दिर गई शिवलि_-*ङ्गमामा बेलपत्र या धतुरो चढाउँदा राहुको स्थिति शुभ हुन्छ।
राहु मन्त्र : – ॐ रां राहवे नम:
ज्योतिषाचार्यहरूका अनुसार ॐ रां राहवे नम: मन्त्र जप गर्दा कुण्डलीमा राहुको स्थिति मजबूत हुन्छ र शुभ फल प्राप्त हुन्छ।