अबको १५ दिन निकै सावधान रहनुहोस् यी ३ राशि, शनि-मंगलको युतिले हुनेछ हानि !

ज्योतिष शास्त्रमा शनि र मंगल ग्रह दुवैलाई निकिया महत्त्वपूर्ण मानिन्छ । जब कसैको कुण्डली तथा राशिमा शनिको अशुभ स्थिति हुन्छ तब व्यक्तिमा आर्थिक, मानसिक, शारीरिक पीडा हुन् थाल्छ र व्यक्तिको दाम्पत्य जीवनलाई उथलपुथल बनाउँछ। मे महिना शनि र मंगलको सम्यिग हुने भएको छ । जुन निकिया महत्त्वपूर्ण हुनेछ ।

यी दुवै ग्रहको संयोग कुम्भ राशिमा हुने भएको हुँदा ३ राशिका व्यक्तिले कष्ट भोग्नु पर्ने हुन्छ । जान्नुहोस् आगामी १५ दिन कुन-कुन राशिका व्यक्तिले शनि र मंगलको मिनलको कारण सावधानी अपनाउनुपर्नेछ।

एक अर्काका शत्रु हुन् शनि-मंगल

शनि र मंगल ग्रह एक अर्काका शत्रु पनि हुन् । यस्तो अवस्थामा एउटै राशिमा यी दुई ग्रहको उपस्थितिले उनीहरुबीच द्वन्द्व हुने अवस्था सिर्जना हुन्छ । त्यसैले यिनीहरूको संयोजनलाई द्वन्द योग भनिन्छ। यो योगले ३ राशिमा नराम्रो प्रभाव पार्ने भएको छ । यी राशिका व्यक्तिहरूले यस समयमा सावधानी अपनाउनुपर्ने  हुन्छ। साथै मंगलबार र शनिबार समस्या निवारक हनुमान र शनिबार शनिदेवको पूजा गरी मन्त्र जप गर्नुहोस्।

कर्कट राशि 

कर्कट राशिका लागि शनि-मंगलको यो योग राम्रो छैन। कर्कट राशिको जीवनमा कुनै अचानक घटना हुन सक्छ ।  दुर्घटना, चोटपटक   शिकार हुन सक्नुहुन्छ। कार्यस्थलमा जोखिम नलिई यो समयलाई धैर्यताका साथ लिनु राम्रो हुनेछ।

कन्या राशि

कन्या राशिका लागि शनि-मंगलको यो दोहोरो योगले स्वास्थ्यमा नराम्रो प्रभाव पार्न सक्छ । त्यसैले कन्या राशिका व्यक्तिले आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ । पौष्टिक चीजहरू खानुहोस्। बाहिरको खाना नखानुहोस् । थकान महसुस हुन् सक्छ।

कुम्भ राशि

कुम्भ राशिका व्यक्तिहरुका लागि यो समय सबैभन्दा कठिन बन्ने छ किनभने यस राशिमा मंगल-शनिको संयोग बनिरहेको छ । यस राशिका व्यक्तिहरूले जोशमा आएर तितो बोल्ने र अहंकारी हुनबाट जोगिनुपर्छ, अन्यथा उनीहरूले दुःख भोग्नु पर्नेछ। काम गर्नेहरु होसियार रहनुहोला । गल्तीले पनि विवादमा नपर्नुहोस्।

प्रकाशित : सोमबार, बैशाख १९, २०७९१०:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सन् २०२२ को पहिलो सूर्य ग्रहणले बदल्दै यी राशिको भाग्य, समयले दिनेछ भरपुर साथ !