हिन्दू धर्मका अनुसार सन् २०२२ पहिलो सूर्य ग्रहण मे १ तारिकमा लागेको छ । यस वर्षको सूर्य ग्रहण शनि अमावस्याको दिन भरणी नक्षत्रमा मेष राशिमा लागेको थियो । यस दिन सूर्य र चन्द्रमा राहुको संयोगले ग्रहण लागेको थियो । ज्योतिषमा सूर्यलाई हाम्रो आत्मा मानिन्छ भने चन्द्रमालाई हाम्रो अवचेतन मन मानिन्छ। यो भनिन्छ कि हाम्रो आत्मा (सूर्य) र भावनात्मक ऊर्जा (चन्द्रमा) । यस ग्रहण नेपालबाट भने देखिएको छैन ।
हिन्दू धर्ममा सूर्य ग्रहणलाई राम्रो मानिँदैन । तर यो एउटा भ्रम पनि हो कि सधैँ लाग्ने ग्रहणले सबैलाई नराम्रो गर्छ । सूर्य ग्रहण केही राशिका लागि लाभदायक हुन सक्छ, भने केही राशिका लागि सचेत हुनु पर्ने देखिन्छ । यस ग्रहणको कारण अबको केही समय यी राशिलाई निकै शुभ हुने भएको छ ।
वृष राशि
यस राशिमा वर्षको पहिलो सूर्य ग्रहण लाग्दैछ । यो समय करियरमा प्रगति दिनेछ। व्यवसायीले मनग्य आम्दानी गर्नेछन् । कुनै नयाँ कामको थालनी गर्न सकिनेछ । यस्तो शुभ घटना हुनेछ, जसले तपाईको जीवन नै बदलिनेछ।
सिंह राशि
सिंह राशिका लागि यो समय आर्थिक क्षेत्रमा लाभदायक हुनेछ। सिंह राशिको आर्थिक अवस्था मजबुत हुनेछ । पदोन्नति-वृद्धि हुनेछ। लामो यात्रामा जान सकिनेछ, जसबाट फाइदा हुनेछ।
धनु राशि
यो समय धनु राशिका लागि नयाँ अवसर प्राप्त हुनेछ। नयाँ-नयाँ काम पाउन सकिनेछ । आकस्मिक धन लाभ हुनेछ, रोकिएका कामहरु सुचारु हुनेछन् ।