अहिलेको समयमा केही बलिउड चलचित्रलाई आफ्नो लगानी उठाउन मुस्किल भएको समयमा केही समय पहिलेसम्म कमजोर चलचित्र क्षेत्र भनेर भनिने दक्षिण भारतीय चलचित्र क्षेत्रले चलचित्र बजारमा सुनामी ल्याएको छ । केही दिन पहिले प्रदर्शनमा आएका चलचित्र ‘पुष्पा’ र ‘आरआरआर’ ले नयाँ रेकर्ड बनेको थियो ।
केही दिन पहिले प्रदर्शन आएको चलचित्र ‘केजीएफ २’ अहिले प्रदर्शनमा आएको तेस्रो हप्ता पुग्दा पनि अझै उत्कृष्ट प्रदर्शन गरिरहेको छ । यस चलचित्रले हिन्दी भाषामा नै ३५० करोड भन्दा बढीको कमाइ गरेको छ । अहिले यस चलचित्रको विश्व भरको कमाइको कुरा गर्दा झन्डै हजार करोड भन्दा बढीको कमाइ गरेको छ ।
अहिले भारतीय चलचित्र क्षेत्रमा ‘केजीएफ २’ १००० करोड भन्दा बढी कमाइ गर्ने चौथो चलचित्र बनेको छ । यस भन्दा पहिले भारतीय चलचित्र बजारमा हजार करोड भन्दा बढी कमाइ गर्ने चलचित्रमा बलिउड अभिनेता आमिर खान अभिनीत चाल्चित्र ‘दंगल’ प्रभाश अभिनीत ‘बहुबली’ र केही दिन पहिले प्रदर्शनमा आएको चलचित्र ‘आरआरआर’ थियो ।
अहिले गत शुक्रबारबाट केही बलिउड चलचित्र प्रदर्शनमा आए पनि चलचित्र ‘केजीएफ’ को व्यापारलाई कुनै असर नपरेको बताइएको छ । बरु अहिले ‘केजीएफ’ सँग भिड्ने चलचित्रको व्यापार चौपट भएको बताइएको छ ।