लगातार ३ फिल्म फ्लप हुँदा चिन्तित अभिनेत्री पूजा, ‘बाहुबली’ प्रभाससँग पनि टिकेन करियर !

दक्षिण भारतको चर्चित अभिनेत्री पूजा हेगडेले एक वर्ष अघिसम्म धेरै हिट फिल्ममा कम गरेकी थिइन् । तर अहिले केही सयको अन्तरालमा अभिनेत्रीका एकपछि अर्को गर्दै चलचित्रहरि फ्लप भएका छन् । केही समय पहिले सुपरहिट फिल्महरू ‘अरविन्द समेथा वीरा राघव’, ‘महर्षि,’ ‘अला वैकुन्था:-पुरमुलु’ र ‘मोस्ट इलिजिबल ब्याचलर’ले पूजा हेगडेको करियरलाई ठूलो मोड ल्याएको थियो ।

अहिले अभिनेत्री अभिनीत चलचित्रहरु लगातार फ्लप भएका छन् । मार्चमा ‘राधे श्याम’ र अप्रिलमा ‘जानवर’ र अहिले ‘आचार्य’ फ्लप भएपछि पूजालाई आफ्नो करियरको चिन्ता लाग्न थालेको छ ।

पूजा हेगडेलाई अब अर्को फिल्म ‘एफ३’ बाट धेरै आशा छ । यस फिल्ममा वेंकटेश, वरुण तेज, तमन्ना, मेहरीन लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

पूजा हेगडेलाई चलचित्र क्षेत्रका धेरै ठूला व्यक्तित्वहरूले पनि समर्थन गरेका छन्, जसले अभिनेत्रीलाई यी कठिन परिस्थितिहरूबाट बाहिर निकाल्न मद्दत गरेको छ।

चलचित्र फ्लपको ह्या:ट्रिक गरेपछि अहिले अभिनेत्री पूजा हेगडेले महेश बाबु त्रिविक्रम श्रीनिवास निर्देशित ‘एसएसएमबी २८’ मा काम गर्ने भएकी छिन् ।

प्रकाशित : आइतबार, बैशाख १८, २०७९१२:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सबैलाई चकित पर्ने उर्फीकी बहिनी डालीको नयाँ रुप, कपडा साथ नदिँदा परिन समस्यामा !