शहनाजको भाग्य बदलिँदै, सलमानको साथ यस चलचित्रमा गर्दै छिन काम !

भारतको पन्जाबी पञ्जाबी चलचित्र क्षेत्रको चर्चित गायिका तथा अभिनेत्री शहनाज गिलका अहिले चर्चामा छन् । जब शहनाज ‘बिग बोस १३’ को हिस्सा बनिन् त्यसपछि उनको भाग्य फेरिएको छ । सामाजिक सञ्जालमा पनि शहनाजका फ्यानको सूचि अहिलेको समयमा निकै बढिरहेको छ । उनका फ्यान भारतमा मात्रै नभई देशभर रहेका छन् ।

शहनाज सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् । जब शहनाज तस्बिर तथा भिडियो पोस्ट गर्छिन् भाइरल हुन् केही समय पनि लाग्दैन । यसै बीच, अब शहनाजले ठूलो मौका पाएकी छिन् । मिडिया रिपोर्टका अनुसार पञ्जाब इन्डस्ट्रीपछि अब नायिका बलिउडमा धूम मच्चाउने तयारी गर्दै छिन् ।

अहिले केही भारतीय सञ्चार मध्यममा सार्वजनिक खबर अनुसार सुपरस्टार सलमान खानको हो । प्राप्त जानकारी अनुसार शहनाज ‘कभी ईद कभी दिवाली’ मा देखिँदै छिन् ।

अहिले यी खबर सार्वजनिक भएपछि शहनाजका फ्यान निकै खुसी भएका छन् । यो फिल्ममा सलमान खान मुख्य भूमिकामा छन् । यसबाहेक हालै आयुष शर्मा पनि यस फिल्ममा प्रवेश गरेका छन् ।

शहनाजलाई आयुषको अपो:-जिटमा कास्ट गरिएको भनिए पनि अहिलेसम्म सलमान र शहनाजको तर्फबाट कुनै आधिकारिक बयान आएको छैन ।

प्रकाशित : शुक्रबार, बैशाख १६, २०७९१७:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भारतीय चलचित्र ‘केजीएफ २’ को व्यापार हजार करोड माथि !