ग्रहण सकिए लगत्तै गर्नुहोस् यस्ता काम, अशुभ प्रभावले छुन पनि सक्दैन !

सूर्य ग्रहण तब लाग्छ तब परिक्रमा गर्दा पृथ्वी, सूर्य र चन्द्रमा एउटै रेखामा आएपछि सूर्य ग्रहण र चन्द्र ग्रहण लाग्छ। यदि पृथ्वी चन्द्रमा र सूर्यको बिचमा छ भने, सूर्यको किरण चन्द्रमामा पुग्न सक्दैन, त्यसलाई चन्द्र ग्रहण भनिन्छ। अर्कोतर्फ, जब चन्द्रमा सूर्य र पृथ्वीको बीचमा आउँछ, सूर्यको प्रकाश पृथ्वीमा पुग्दैन, त्यसलाई सूर्य ग्रहण भनिन्छ। अप्रिल ३० मा सन् २०२२ को पहिलो सूर्य ग्रहण हुन लाग्ने भएको छ ।

सूर्य ग्रहण होस् वा चन्द्र ग्रहण, धर्म र ज्योतिषमा दुवैलाई अशुभ मानिन्छ । यो समयमा नकारात्मक ऊर्जा बढ्छ भन्ने विश्वास गरिन्छ। त्यसैले ग्रहणको समयमा केही नियमहरू पालना गर्न भनिएको छ। यही ३० अप्रिलमा लग्न लागेको ग्रहण नेपालमा देखिने छैन त्यसैले यसको सुतक अवधि मान्य हुनेछैन।

तर यो सूर्यग्रहणले १२ राशिका मानिसको जीवनमा असर पार्नेछ । यस्तो अवस्थामा सूर्यग्रहणको नकारात्मक प्रभावबाट बच्न केही नियमको पालना गर्न जरुरी छ ।३० अप्रिलको यो ग्रहण दक्षिण/पश्चिम अमेरिकार अन्टा:-र्कटिका आदि देशहरूमा देखिनेछ। नेपालमा सूर्य ग्रहणको समय ३० अप्रिल शनिबार मध्यरात १२:१५ देखि बिहान ४:०७ सम्म हुनेछ।

ग्रहण सकिएपछि अवस्य गर्नुहोस् यस्ता काम

ग्रहण सकिएपछि घरको सरसफाइ गर्ने । घरमा गंगाजल छर्कन सकिन्छ । जसले गर्दा ग्रहणको समयमा निस्कने हानिकारक किरणको नकारात्मक प्रभाव हट्छ ।  ग्रहण सकिएपछि नुहाउने । सामान्यतया ग्रहण लागेपछि पवित्र नदीहरूमा स्नान गर्नुपर्छ। तर यदि यो सम्भव छैन भने, नुहाउने पानीमा पवित्र नदीहरूको पानी मिसाएर स्नान गर्नुहोस्।

ग्रहण लागेपछि दान दिनुपर्छ । ग्रहण लागेपछि खाँचोमा परेकालाई दान गर्ने, सरसफाइ गर्ने कामले ग्रहणको नराम्रो प्रभावबाट जोगाउँछन् । ग्रहण सकिएपछि गाईलाई हरियो चारा खुवाउनु पनि शुभ मानिन्छ ।

प्रकाशित : मङ्गलबार, बैशाख १३, २०७९१७:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सूर्यग्रहण, मातातीर्थ औँसी र शनिबार एकै दिन, यी ३ राशिले भूलेर पनि नगर्नुस् यस्ता काम